जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं, २२ माघ । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावनाको खोजी गर्दै प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को औपचारिक घोषणा गरिएको छ ।

मंगलबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रम मार्फत आयोजक संस्था संवाद फाउन्डेसनले चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा महोत्सवको घोषणा गरेको हो।”Stories Beyond Borders: Where Culture Meets Cinema” भन्ने मूल नाराका साथ अघि बढ्न लागेको यस महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रहरू प्रदर्शन गरिनेछन् । महोत्सवमा International Panorama, Nepali Panorama, Student Panorama जस्ता विभिन्न श्रेणी समावेश गरिएका छन् ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वमञ्चमा स्थापित गर्ने, फिल्म साक्षरताको प्रवर्द्धन गर्दै दर्शकलाई चलचित्रको महत्त्व बुझाउने, युवा फिल्मकर्मीहरूलाई प्रेरित गर्ने र अन्तर्राष्ट्रिय फिल्म समुदायसँग जोड्ने उद्देश्य रहेको छ । साथै नेपाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने, स्थानीय र विश्व सिनेमा बीचको सम्बन्धलाई सुदृढ बनाउने रहेको छ ।

महोत्सवका लागि हालसम्म १ सय १४ भन्दा बढी देशका चलचित्रहरूको आवेदन परिसकेको छ भने नेपाली पानोरामा मा आवेदन आउने क्रम जारी रहेको आयोजकले जनाएको छ ।

यसै गरि जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) २०८१ फाल्गुन १६ देखि १८ सम्म, (फेब्रुअरी २८–मार्च २, २०२५) मा जनकपुरको मैथिली भवनमा आयोजना हुनेछ ।यो महोत्सव नेपाली चलचित्र उद्योगको प्रवर्द्धनका साथै अन्तर्राष्ट्रिय फिल्म समुदाय सँग नेपाललाई जोड्ने एक महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    पहिलो

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 38 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 28 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 46 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 34 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 48 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 194 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-