जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं, २२ माघ । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावनाको खोजी गर्दै प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को औपचारिक घोषणा गरिएको छ ।

मंगलबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रम मार्फत आयोजक संस्था संवाद फाउन्डेसनले चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा महोत्सवको घोषणा गरेको हो।”Stories Beyond Borders: Where Culture Meets Cinema” भन्ने मूल नाराका साथ अघि बढ्न लागेको यस महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रहरू प्रदर्शन गरिनेछन् । महोत्सवमा International Panorama, Nepali Panorama, Student Panorama जस्ता विभिन्न श्रेणी समावेश गरिएका छन् ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वमञ्चमा स्थापित गर्ने, फिल्म साक्षरताको प्रवर्द्धन गर्दै दर्शकलाई चलचित्रको महत्त्व बुझाउने, युवा फिल्मकर्मीहरूलाई प्रेरित गर्ने र अन्तर्राष्ट्रिय फिल्म समुदायसँग जोड्ने उद्देश्य रहेको छ । साथै नेपाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने, स्थानीय र विश्व सिनेमा बीचको सम्बन्धलाई सुदृढ बनाउने रहेको छ ।

महोत्सवका लागि हालसम्म १ सय १४ भन्दा बढी देशका चलचित्रहरूको आवेदन परिसकेको छ भने नेपाली पानोरामा मा आवेदन आउने क्रम जारी रहेको आयोजकले जनाएको छ ।

यसै गरि जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) २०८१ फाल्गुन १६ देखि १८ सम्म, (फेब्रुअरी २८–मार्च २, २०२५) मा जनकपुरको मैथिली भवनमा आयोजना हुनेछ ।यो महोत्सव नेपाली चलचित्र उद्योगको प्रवर्द्धनका साथै अन्तर्राष्ट्रिय फिल्म समुदाय सँग नेपाललाई जोड्ने एक महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०४ जेष्ठ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त…

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ जेष्ठ । बिरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल द्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम बीरगंजको घडीर्वा पोखरी अवस्थित सम्पन्न भएको छ । स्थानीय…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 118 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-