जनमतले गर्‍यो ७ नेताको निलम्बन फुकुवा

काठमाडौँ। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सचिव बीपी साहसहित सात जनाको निलम्बन फुकुवा गरेको छ । असार २० गते पार्टी केन्द्रीय अनुशासन समितिले तीन महिनालाई निलम्बन गरिएका नेताहरूको कारबाही फुकुवा गरेको हो ।

निलम्बनमा परेका नेताहरूको अनुशासनमा सुधार देखिएकाले सोमबारदेखि ७ जनाको निलम्बन फुकुवा गरेको उपाध्यक्ष तथा अनुशासन विभागले जनाएको छ ।

निलम्बन फुकुवा हुनेहरूमा सचिव बीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, वडा प्रत्याशी अनिताकुमारी यादव र मिर्चैया नगरका पूर्व सचिव दिपनारायण यादव रहेका छन् ।

  • Related Posts

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन