
बीरगंज, ०८ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा ले जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति लाई आफ्नो नियन्त्रणमा लिएको छ । पर्सा जिल्लामा बस्ने एक १५ वर्षीया पीडित बालिकालाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी आरोपित व्यक्तिले नयाँ-नयाँ स्थानमा घुमफिर गराउने वहाना बनाई लगि आफूसँग पटक-पटक जबरजस्ती करणी गर्दै आएकोमा आईतबार राती १०:०० बजे निजले पीडितलाई बीरगञ्ज महानगरपालिका वडा नं. १५ भिष्वा आफ्नै डेरा कोठामा लगी पुन; करणी गरेको भन्ने व्यहोरा सहित पीडितको अभिभावकले सोमबार दिइएको जाहेरी दर्खास्तको आधारमा पर्साको बहुदरमाई नगरपालिका वडा नं.९ विश्रामपुर बस्ने वर्ष ३५ को सन्देश महतो कोईरीलाई सोमबार दिउँसो ०४;३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१३ बाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कुरा पर्सा प्रहरीले जनाएको छ ।