डिप्रोक्स लघुवित्त वित्तीय संस्था द्वारा बाख्रा पालन तालिम कार्यक्रम सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

रौतहट, १० फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, रौतहट शाखा द्वारा सदस्यहरूको क्षमता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी ब्राखा पालन तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यक्रम रौतहट जिल्लाको सिया प्यालेस सभा हलमा आयोजना गरिएको थियो ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस लघुवित्तीय वित्तीय संस्थाले ग्रामीण क्षेत्रका महिलाहरू र साना उद्यमीहरूलाई लक्षित गरी विभिन्न व्यावसायिक तथा आर्थिक सशक्तीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले ग्रामीण समुदायको आर्थिक उन्नति र आत्मनिर्भरता वृद्धि गर्ने उद्देश्यले व्यवसाय प्रवर्द्धन तालिमहरू सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमको अध्यक्षता शान्ती देवी यादवले गरेकी थिइन् भने प्रमुख अतिथि गौर नगरपालिका वडा नं. ०५ का वडा अध्यक्ष शिव शंकर यादव रहेका थिए । कार्यक्रम सञ्चालन मुकेश सर्राफले गरेका थिए ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको गौर शाखामा हाल ३ हजार २ सय जना सदस्यहरु रहेका छन् । शाखा बाट हालसम्म करिब ५३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरिएको छ । हाल रौतहट जिल्लामा गौर, गरुडा, चपुर, र कटहरिया गरी चार स्थानमा शाखा सञ्चालनमा रहेका छन् । देश भरि भने १४ करोड ४२ लाख सदस्यहरूले यस संस्थामा रकम जम्मा गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिव शंकर यादवले संस्थाको विकास, प्रगति, शाखाका सेवाहरू तथा व्यवसाय प्रवर्द्धनका लागि ब्राखा पालन, कुखुरा पालन, खसी पालन कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए । उनले लघुवित्तीय संस्थाहरू ग्रामीण भेगका जनताको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने महत्वपूर्ण साधन भएको उल्लेख गर्दै स्थानीय सरकार र निजी क्षेत्र मिलेर ग्रामीण विकासमा थप ध्यान दिनु पर्ने आवश्यकता औंल्याएका थिए ।

सो कार्यक्रममा प्रदेश प्रमुख जमिरी राय, कार्यक्रम संयोजक मुकेश साह, रामबाबू साह, संस्थाका सदस्यहरू, कर्मचारीहरू, पत्रकार तथा अन्य व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले तालिम बाट नयाँ व्यवसायिक ज्ञान र सीप सिक्न पाएको अनुभव बाँडेका थिए । संस्थाले आगामी दिनमा अझ बढी सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २१ असार । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम यस वर्ष पनि वीरगंजको पुरानो बसपार्कमै मनाउने सर्वदलीय निर्णय भएको छ। विभिन्न राजनीतिक दल र स्थानीय निकाय…

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ असार । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं. ०१ मा लाग्ने भाथाधाम मेला लाई लक्षित गरी आज एक कार्यक्रमका…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-