
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १३ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब ०२:३० बजेको समयमा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०४, मधवल स्थित सडक खण्डमा लाखौं मूल्य बराबरको औषधी सहित मानिसर गाडी आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित स्थानको बाटो हुँदै भारतबाट भन्सार छली चोरी पैठारी गरी ना. ५ च २४८३ नम्बरको पिक अप गाडीमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०५ बस्ने वर्ष २४ को सुनिल कुमार रामले विभिन्न किसिमका औषधीहरू लोड गरी वीरगञ्ज तर्फ ल्याउदै गरेको अवस्थामा उक्त गाडीलाई रोकी लोड रहेको औषधिको आवश्यक पर्ने विल बिजक नरहेको हुँदा ना. ५ च २४८३ नम्बरको पिक अप गाडी, पक्राउ परेका सुनिल कुमार राम र बरामद औषधि अंदाजी मूल्य रू. १२ लाख ७८ हजार ५ सय २० बराबरका मालबस्तुहरू थप अनुसन्धान तथा कारवाहीको लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।
