ताइवानलाई घेरेर चीनले सुरु गर्‍यो संयुक्त सैन्य अभ्यास

काठमाडौँ । ताईवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरु गरेको छ । यसले चीन-ताइवान तनाव बढाएको छ ।

ताइवानका राष्ट्रपति विलियम लाइले गत साता चीनको नियन्त्रण नस्वीकार्ने भाषण गरेका थिए ।

बेइजिङले ‘स्वर्ड-२०२४ बी’ दिएको यो अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् ।उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।

ग्लोबल टाइम्सकाअनुसार सोमबार, पीपुल्स लिबरेसन आर्मी (पीएलए) पूर्वी थिएटर कमाण्डले ताइवान स्ट्रेट र उत्तर, दक्षिणका क्षेत्रहरूमा सेना, नौसेना, वायुसेना र रकेट फोर्सका आफ्ना सेनाहरू पठाइरहेको उल्लेख छ । ‘यस अभ्यासले पृथकतावादी कार्यहरूका लागि कडा चेतावनीको रूपमा काम गर्दछ, ’पीएलए पूर्वी थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ क्याप्टेन ली सीले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा छ ।

पृथकतावादी कार्यहरूलाई कडा चेतावनी दिन र राज्यको सार्वभौमसत्ता र राष्ट्रिय एकताको रक्षाका लागि यो वैध र आवश्यक कार्य भएको प्रवक्ताले बताएको ग्लोबल टाइम्सले लेखेको छ ।

ताइवानले २५ विमान, सात नौसैनिक जहाज र चार अन्य जहाज अभ्यासमा रहेको पाएको बताएको छ ।

चीनले यसअघि पनि ताइवानको वरिपरि ठूलो युद्ध अभ्यास गरेको थियो । चीनले उक्त टापु आफ्नो दाबी गर्दै आएको छ । चीनले ताइवान वरिपरिको सैन्य अभ्यासलाई स्वशासित टापुको लागि स्वतन्त्रता खोज्नेहरू विरुद्ध कडा चेतावनी भनेको छ।

चीनले ताइवानलाई छुट्टिएको प्रान्तको रूपमा हेर्छ, तर टापु आफैँलाई छुट्टै ठान्छ र यसको आफ्नै सरकार र सेना छ ।

गत मे २०मा पनि लाइकोले भाषण गरे लगत्तै, पीएलए पूर्वी थिएटर कमाण्डले ताइवान स्ट्रेट, ताइवान टापुको उत्तर, दक्षिण र पूर्व, साथै किनमेन, मात्सु, टापुहरू वरपरका क्षेत्रहरूमा संयुक्त अभ्यासहरू आयोजना गरेको थियो ।

  • Related Posts

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 83 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 84 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 67 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 100 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 63 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 90 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-