दशैंमा पनि तरकारी बेच्दै बाँकेकी थारू महिला

काठमाडौँ। दशैंको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन ।

बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु महिलाले उत्पादन गरेका तरकारीले नेपालगञ्जवासीलाई लोभ्याएको छ ।

यहाँ ग्रामीण क्षेत्रका थारु महिलाले गाउँमा उत्पादन गरेका तरकारी प्रत्येक दिन बिहानपख नेपालगञ्जको धम्बोझी चोक क्षेत्रमा ल्याएर बिक्री गर्ने गरेका छन् ।

यसपालि दशैंमा गाउँको तरकारी सहरमै उपलब्ध गराएको बर्दिया राजापुरकी श्यामकली थारुले बताए ।

‘आजसम्म त बिक्री गरिरहेका छौँ, धेरैजनाले भोलिलाई पुग्ने गरी तरकारी किनेर लैजानुभएको छ’, आज बिहान तरकारी बिक्री गरिरहेको अवस्थामा भेटिनुभएकी उनले भने, ‘भोलि दशैंको दिन आउँदैनौँ, त्यसपछि फेरि आइहाल्छौँ।’

नेपालगञ्ज-२ निवासी सुनीलसिंह हमालले आफ्नो भान्सामा एक वर्षदेखि गाउँमा उत्पादित तरकारी पाक्ने गरेको बताए ।

गाउँमा मेहनत गरेर उत्पादन गरेको तरकारी दशैंको बेलामा पनि नेपालगञ्ज पुर्‍याउनु आर्थिक मात्रै नभई सेवाभावसमेत भएको उनको भनाइ छ ।

गाउँको तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला आफैँले उत्पादन गरेर बजारमा पुर्‍याउन थालेका छन् ।

तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा उत्पादित तरकारीबाट प्रशस्त कमाइसमेत गर्न सफल भएको बर्दिया बढैयाताल गाउँपालिका-३ का महिला वडासदस्य दुसानी थारुले बताए ।

उनले बर्दियाबाट नेपालगञ्ज दैनिक तरकारी ल्याएर बिक्री गर्दै आएको बताइन्। ‘म विगत १० वर्षदेखि कृषि पेसामा आबद्ध छु, पहिला अर्गानिक तरकारी साइकलमा राखेर नेपालगञ्जका चोक चोकमा पुर्‍याउनुपर्थ्यो’, उनले भनिन्, ‘अहिले धेरै दिदीबहिनी धम्बोझीमा जम्मा भएर बिक्री गर्ने गरेका छौँ।’

नेपालगञ्जमा गाउँबाट ल्याएको तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि तरकारी उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका दुसानीको भनाइ छ ।

उनले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु. १५ देखि २० हजारसम्म आम्दानी गरिरहेको सुनाइन्।

बाँकेको नौबस्तामा घरवरिपरि तरकारीखेती गरिरहेकी वसन्ती थारुको तरकारी बिक्रीबाटै परिवारको जीविकोपार्जन भइरहेको छ ।

गाउँको तरकारी बजारमा सहजै बिक्री हुने गरेकाले टाढा भए पनि यहाँ आउने गरेको उनले बताइन् ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 125 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 133 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-