धितोपत्र ब्रोकरको संख्या ९० पुग्यो

काठमाडौँ । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को संख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठ वटा कम्पनी थपिएका हुन् ।

धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ ।

यस्तै धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा चालु आर्थिक वर्षका लागि दुई वटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ । स्टक डिलरका रूपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडले अनुमति पाएका छन् ।

नेप्सेका अनुसार हालसम्म दर्ता भएकामध्ये दुई कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा अनुमति पाएका छन् भने बाँकी ८८ वटाले सीमित कार्य गर्न अनुमति पाएका छन् । पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा एनआईएमबी स्टक मार्केट्स लिमिटेड र हिमालन सेक्युरिटिज लिमिटेड रहेका छन् ।

  • Related Posts

    शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न (लोगो) डिजाइनकर्तालाई रु. १५ हजार पुरस्कार दिइने भएको छ । प्रतीक चिह्न प्रतिस्पर्धात्मक विधिबाट डिजाइन गर्नका लागि प्रस्ताव माग गरिएको छ । नगरपालिकाको चिनारी…

    अञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा अब अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ । महासंघको विधान संशोधनका लागि मंगलबार बसेको विशेष साधारण सभाले यस्तो निर्णय गरेको हो ।…

    पहिलो

    शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

    • December 11, 2024
    • 11 views
    शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

    अञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

    • December 11, 2024
    • 9 views

    • 12 views
    अञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

    निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच मूल्य घटाउने सहमति

    • December 11, 2024
    • 12 views
    निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच मूल्य घटाउने सहमति

    वर्षमान पुनले भने-मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक छ

    • December 11, 2024
    • 12 views
    वर्षमान पुनले भने-मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक छ