धौलागिरिमा ज्यान गुमाएका पाँच रसियन पर्वतारोहीको शव ११ दिनपछि संकलन

काठमाडौँ । धौलागिरि (प्रथम) आरोहणका क्रममा असोज २० गते रातिदेखि सर्म्पकविहीन भएका पाँच जना रसियन आरोहीहरूको शव संकलन गरिएको छ । उनीहरू सम्पर्कविहीन भएको ११ औँ दिन बुधबार अल्टिच्यूटको हेलिकोप्टरद्वारा डोरीको सहायताले शवहरू संकलन गरी काठमाडौँ ल्याइएको हो ।

अल्टिच्यूट एयरका अनुसार, उक्त कम्पनीका क्याप्टेन विवेक खड्काको नेतृत्वमा परिचालन गरिएको हाई अल्टिच्यूट रेस्क्यू टिमद्वारा लङलाइन (डोरीमा झुन्ड्याएर गरिने उद्धार) बाट मृतक पाँच जनाको शव संकलन गरेर बुधबार बिहान आधार शिविर हुँदै काठमाडौँ ल्याइएको छ ।

पर्यटन विभागका अनुसार, धौलागिरि प्रथम हिमाल आरोहण क्रममा रसियन आरोहीहरू अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भ्लादिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोई असोज २० गते राति ११ बजेदेखि सर्म्पकविहीन भएका थिए । थुप्रैपटक हेलिकोप्टर र उद्धारकर्ता पठाउँदा पनि उनीहरूको प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको थिएन ।

सबै शवलाई ७ हजार ६ सय मिटर उचाइबाट पालै पालो धौलागिरि आधार शिविरमा झारेको बताइएको छ ।

बुधबार उनले शव र उद्धारकर्तासमेतलाई गरी ९ पटक हेलिकोप्टर उडान गरेका थिए । मंगलबार नै काठमाडौँबाट धौलागिरि आसपास पुगेका क्याप्टेन खड्का बुधबार एउटा शव साथै ल्याएर काठमाडौँ फर्किसकेका छन् ।

बाँकी शव भने अल्टिच्यूटको अर्को हेलिकोप्टरले काठमाडौँ ओसारिरहेको छ ।

  • Related Posts

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन