नर्सहरुको आन्दोलन जारी रहने

काठमाडौँ । नेपाल नर्सिङ संघ सरकारसँग भएको सहमतिबाट पछि हटेको छ । नर्सिङ संघले आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राख्दै ४८ घण्टा भित्र माग सम्बोधन नभएमा सरकारी, निजि, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक वाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु निजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा देशव्यापीरुपमा ठप्प पार्ने घोषणा गरेको छ ।

संघले स्वास्थ्य मन्त्रालयले नर्सिङ आन्दोलनको माग सम्बोधन गर्न गठित कार्यदलको निर्णयको बुदा नम्बर १ मा सरकारी सरह न्युनतम पारिश्रमिक लगायत अन्य सेवा सुविधाको सुनिश्चितता गर्ने भन्ने सहमति भएता पनि बाँकि बुँदाहरुमा आन्दोलनरत पक्षको आपत्ति रहेको हुनाले आन्दोलन जारी रहने जनाएको छ ।

संघले आन्दोलनमा उत्रिसकेका नर्सहरुलाई कुनै प्रकारको दवाव, प्रभाव, डर, त्रास वा धम्कि नदिन समेत सचेत गराएको छ । त्यसैगरी आन्दोलनका कारण विरामीलाई पर्न जाने प्रत्यक्ष अप्रत्यक्ष असर र अन्य असुविधा प्रति क्षमायाचना गर्दै यसवाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारी नेपाल सरकार र सम्वन्धित स्वास्थ्य संस्थाले नै व्यहोर्नु पर्ने उल्लेख गरेको छ ।

  • Related Posts

    सरकारले अझै सुनेन नर्सका माग, आजपनि दुई घण्टा प्रदर्शन

    काठमाडौं । सरकारी ऐनले व्यवस्था गरे अनुसारको पारिश्रमिक भत्ता र सेवा–सुविधाको माग राख्दै आन्दोलित नर्सहरुको आन्दोलन जारी रहेको छ । शुक्रबार पनि नर्सहरुले आफ्नो कार्यस्थलमा अत्यावश्यक बाहेका सेवा बन्द गरेर…

    आज देश विदेशका प्रमुख २० समाचार

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको कमलपोखरीमा छठ पर्वको पूजाआजामा सरिक भएकी छन् । सोमबार दिउसो कमलपोखरी पुगेकी…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 25 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 28 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट