नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् ।

त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट बलात्कृत भएकी हुन् । मात्र २० बर्षकी नर्स, उनलाई दाजु र अन्य दुई जनाले सामूहीक बलात्कार गरेका हुन् । कफीमा बेहोसीको औषधी मिलाएर उनलाई बेहोस गराइयो । बेहोस अवस्थामा लगातार ६ घण्टा बलात्कार गरेको प्रहरी अनुशन्धानमा देखिएको छ ।

जब उनी होसमा आइन्, त्यसपछि उक्त समूहले पीडितलाई उल्टै यो कुरा कतै भने मात्रपनि मार्ने, गायब बनाउँने धम्की दिए । यो सबै उनीहरुले भिडियोमा समेत उतारे । अव बारम्बार यसै गर्न नदिए उक्त भिडियो इन्टरनेटबाट भाइरल गराउने धम्की समेत दिए । तर धम्कीसँग नडराई उनी प्रहरीकोमा उजुरी दिन गइन् । उक्त तीन जनामा दुई जना अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।

मुख्य योजनाकार दाजु पुर्पक्षका लागि हिरासतमा छन् । तर अर्को दुर्भाग्य ती तीन जनामा एक जना एचआईभी पोजेटिभ देखिएका छन् । नर्स विद्यार्थीमापनि उक्त संक्रमण पोजेटिभ देखिएको छ । उनी अहिले उपचार र मनोपरामर्समा छिन् । यो सबै क्यानडाका मिडियाले प्रकाशन गरेको समाचारसहित त्यहाँ रहेकी एक नेपालीले भिडियोमा नै बताएकी छिन् । तस्बिर घटना उल्लेख गर्ने त्यहाँ स्थित नेपालीको हो । गोप्यताका लागि पीडित र पीडक दुबैको विवरण गोप्य राखिएको छ । तस्बिर छोपिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    • February 16, 2025
    • 68 views
    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित एक जना भारतिय पक्राउ-

    • February 16, 2025
    • 48 views
    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित  एक जना भारतिय पक्राउ-

    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    • February 15, 2025
    • 49 views
    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 53 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 18 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 39 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-