नेपाली बक्स अफिस रिपोर्ट: जेरी अन टपले कमायो १० करोड ५१ लाख

काठमाडौँ । अनमोल केसीको फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

चलचित्र विकास बोर्डले सार्बजनिक गरेको कार्तिक १५ गते शनिबारसम्मको आधिकारिक ग्रस कमाइमा जेरी अन टपले देशभर १० करोड ५१ लाख ४८ हजार ८०३ रूपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको ३ लाख ३३ हजार ६०५ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ ।

निर्माण पक्षले भने रिलिजको १५ दिनमा फिल्मले विश्वभर १५ करोड कमाई गरेको दाबी  गरेको छ । फिल्मलाई दर्शकले रुचाएका कारण अहिले पनि देशभरका कैयौं हलमा अहिले पनि हाउसफुलका साथ चलिरहेको छ ।

सुयोग गुरूङ निर्देशित एड्भेन्चर–लभस्टोरी जनराको ‘जेरी अन टप’ मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङले मुख्य अभिनय गरेका छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ ।

त्यस्तै हाल प्रदर्शनमा रहेको फिल्म वरिष्ठ बलरामले २ करोड ४८ लाख ३० हजार ४८८ ग्रस कमाइ गरेको छ । त्यसैगरी फिल्म मैझारोले एक करोड ९५ हजार ३०९ र फिल्म सोल्टिनीले २८ लाख ८० हजार १५६ ग्रस कमाई गरेको बोर्डले जानकारी दिएको छ ।

बोर्डले सार्बजनिक गरेको बक्स अफिस रिपोर्ट कार्तिक १५ गतेसम्म दशैमा रिलिज भएको फिल्म बलिदानले ५ करोड १० लाख ३४ हजार ८०२ ग्रस कमाई गरेको छ भने हरि बहादुरको जुत्ताले ४ करोड ७१ लाख ३७ हजार ६८७ ग्रस कमाई गरेको छ । त्यस्तै फिल्म माइतीघरले ४ करोड १५ लाख ५१ हजार ८८८ कमाई गरेको छ ।

  • Related Posts

    नेपाली बक्स अफिस रिपोर्ट: परानको कमाई साढे ३ करोड नाघ्यो

    काठमाडौँ । अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म कुल ग्रस कमाइ…

    बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ, अस्पताल भर्ना

    काठमाडौँ । बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ भएका छन् । ८९ बर्षिय धर्मेन्द्रको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  दैनिक भास्करले…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह