नेपाल मुस्लिम पत्रकार संघ द्वारा महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ माघ । नेपाल मुस्लिम पत्रकार संघ, पर्साले नेपाल पत्रकार महासंघ का निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । शनिबार पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पत्रकारहरु लाई सम्मानित गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले सो कार्यक्रम को उद्घाटन गमला मा पानी हाली गर्नु भएको थियो भने दोसल्ला र सम्मानपत्र सहित नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका हुन ।

कार्यक्रम लाई सम्बोधन गर्दै उप प्रमुख इम्तियाज आलम ले भने राज्यले गर्ने सही र गलत काम पत्रकारले नै उजागर गर्ने र समाजले पनि पत्रकारलाई नै विश्वास गर्ने भएकोले क्षणिक स्वार्थमा लागेर गरिने पत्रकारिताले पेशागत विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पार्ने भएकोले त्यस्तोमा नलाग्न आग्रह पनि गरे ।

यसै गरि स्व. पत्रकार नेहाल खान का परिवारजन लाई सक्दो सहयोग गर्ने र उहाँ को छोरा लाई शैक्षिक संस्था मा तिर्ने रकम मा पनि सहयोग गर्ने प्रतिबधाता गर्नु भयो । उक्त कार्यक्रममा स्व.पत्रकार नेहाल खानको परिवारलाई मुस्लिम पत्रकार संघको तर्फबाट रु. ३१ हजार रूपैयाँ नगद सहयोग राशी हस्तान्तरण गरिएको थियो ।

नेपाल मुस्लिम पत्रकार संघ पर्साका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के. सी. लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महा संघ पर्सा कि उपाध्यक्ष निलिमा पौडेल, सचिव विजय चौहान, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामी, वडा प्रहरी कार्यालयका, बिर्ता का प्रहरी निरीक्षक निरोज चौलागाई लगायत पत्रकारहरूको पनि उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 82 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-