नेप्से परिसूचक ४६ अंकले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ प्रतिशतले उकालो लागेर चार सय ८१ दशमलव २८ मा पुगेको छ । आज नेप्सेमा कारोबार भएका १३ वटै उपसमूह बढेका छन् । आज कूल एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर रु. छ अर्ब १२ करोड ८२ लाख ६४ हजार पाँच सय ८० मा खरिद बिक्री भएका छन् ।

नेप्सेकाअनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआइसी इन्सोरेन्स र कुथेली बुथेली हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य नौ दशमलव ९८ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नौ दशमलव १८ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सेन्ट्रल फाइनान्सको शेयर मूल्य एक दशमलव ८८ प्रतिशत, लाइफ इन्सोरेन्स कर्पोरेसन लिमिटेडको एक दशमलव ५७, गुडविल फाइनान्स एक दशमलव २३, हिमालयन लघुवित्त वित्तीय संस्थाको एक दशमलव १२ र आइसीएफसी फाइनान्सको शेयरमूल्य एक दशमलव ०८ प्रतिशतले घटेको छ ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 5 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 16 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-