नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय, पर्सा बीच स्वास्थ्य सेवा विशेष छुटमा सम्झौता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २७ जेठ । नेशनल मेडिकल कलेज वीरगंजले नेपाल प्रहरी, भुतपुर्व प्रहरी र प्रहरीका परिवारहरुलाई स्वास्थ्य सेवा विशेष छुट उपलब्ध गराउने भएको छ । छुट प्रदान गर्नको लागि नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय, पर्सा बीच आज दुई पक्षिय सम्झौता भएको छ ।

सम्पन्न सम्झौता अनुसार नेपाल प्रहरीमा कार्यरत बहालवाला, भुतपुर्व नेपाल प्रहरी कर्मचारीहरु तथा निजका आश्रित परिवारजनहरुलाई बिभिन्न स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुबिधा उपलब्ध गराइने छ । सम्झौतामा मेडिकल कलेजको तर्फ बाट कलेजका प्रबन्ध निर्देशक शहानवाज अन्सारी र नेपाल प्रहरीको तर्फ बाट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गाैतम मिश्रले हस्ताक्षर गरेका छन् ।

अस्पताले स्वास्थ्य सुविधा अन्तर्गत नेपाल प्रहरीका नेपाल प्रहरीमा कार्यरत बहालवाला, भुतपुर्व नेपाल प्रहरी कर्मचारीहरु तथा निजका आश्रित परिवारजनहरुलाई ८ देखि ५० प्रतिशत सम्म छुट प्रदान गर्ने नेशनल मेडिकल कलेजका प्रबन्धक शाहनवाज अंसारीले जानकारी दिए ।

उनका अनुसार अस्पताले बहालवाला नेपाल प्रहरीलाई ओपिडि टिकटकमा ५० प्रतिशत, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २५ प्रतिशत, भिडियाे एक्सरे, एक्सरे, इसिजि लगायतको सेवामा पनि २५ प्रतिशत छुट प्रदान गर्ने छ ।

यसै गरी भूतपूर्व नेपाल प्रहरी कर्मचारीहरु र निजहरुका आश्रित परिवारजनहरुलाई समेत ओपिडि टिकटकमा ५०%, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २० प्रतिशत, भिडियो एक्सरे, एक्सरे, इसिजि लगायतका सेवाहरुमा पनि २० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएको छ ।

सो अवसरमा कलेजमा संचालक प्रो. डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरिक्षक सुबास भट्ट लगायतको पनि उपस्थिती रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 126 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-