
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २१ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका इकाई समेतको विशेष टोलीले आईतबार तथा सोमबार गरि विभिन्न मुद्दामा जरिवाना तोकिएका १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरि पर्सा जिल्ला अदालत मा बुझाएका छन् ।
पर्सा जिल्ला अदालत बाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने विभिन्न मुद्दामा जरिवाना तोकिएका १८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी सोमबार पर्सा जिल्ला अदालतमा दाखिला गरिएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।