मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजको १२औँ साधारण सभा भव्यताका साथ सम्पन्न

विष्णुप्रसाद तिमल्सिना 

काठमाडौँ, माघ १९ गते । मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजले १२औँ साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । सहीदस्मृति सामुदायिक सेवा समाज मैजुबहालको सभाहलमा काठमाडौँ क्षेत्र नं. ४(क) वागमती प्रदेशसभा सदस्य माननीय श्रीराम लामिछानेको प्रमुख आतिथ्यता र समाजका अध्यक्ष निर्मला पुडासैनीको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा चावहिल मैजुबहाल क्षेत्रका विभिन्न संघसंस्थाको उल्लेख्य उपस्थिति रहेको थियो ।  

कार्यक्रममा काठमाडौँ वडा नं. ७ का वडा सदस्य उज्ज्वल अर्याल, समाजका सल्लाहकारहरू कमलप्रसाद काफ्ले, ध्रुबप्रसाद न्यौपाने, राजाराम भट्टराई, बद्रीनाथ भट्टराई, सुशीला सेढाई, प्रवेश लामिछाने, नारायणप्रसाद सिंखडा, सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम आर्याल, ज्ञानदीप स्कुलका प्रधानाध्यापक सीता भट्टराई, गौरीघाट विकास समाजका अध्यक्ष राजकुमार खड्गी, सामुदायिक योग समूहकी प्रमुख प्रशिक्षक सुनिता अर्याल, गोपाल–गौरी प्रतिष्ठानकी अध्यक्ष धनमाया पौडेल, जनजागरुक युवा क्लवका अध्यक्ष अमृतजङग थापा , सुसंगत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एव. समाजका सल्लाहकार टिका पराजुली, सर्वोत्थान ऋण तथा वचत सहकारी संस्थाकी अध्यक्ष विमला अधिकारी, सामुदायिक सेवा समाजका उपाध्यक्ष महेन्द्रं घोरासैनी, हिलारी स्कुलका सहायक प्रधानाध्यापक राहुल रावत, मैजुबहाल सामुदायिक सेवा समाजका अध्यक्ष हरिभक्त महर्जन, गौरीघाट प्रहरीवृत्तका प्रमुख निर्मल पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका प्र.ना.नि. रामकुमार कार्की, ॐ आदि फाउण्डेशनका शेषराज दाहाल, जापानी सूचना केन्द्र नेपालका संस्थापक÷अध्यक्ष मदनकृष्ण सिलवाललगायतको आतिथ्यता रहेको थियो । 

समाजका उपाध्यक्ष ध्रुवप्रसाद भट्टराईले उपस्थिति सबैलाई कार्यक्रमको सफलताको कामना गर्दै मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रमका सञ्चालन समाजका उपाध्यक्ष मुकुन्द अधिकारीले गर्नुभएको थियो । 

१२औँ वार्षिकोत्सवको अवसरमा संस्थाको अध्यक्षले संस्थाको गतिविधि एवं भावी योजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तैगरी संस्थाका सहकोषाध्यक्ष रेणु गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै समाजले स्थापनाकालदेखि हालसम्म विशेष योगदान पु¥याउनुहुने संस्था तथा व्यक्तिहरूलाई सम्मानीत गरेको छ । सम्मानीत हुनेहरूमा संस्थातर्फ हिलारी स्कुल (गौरीघाट), सुसङ्गगत बहुउद्देश्यीय सहकारी संस्था(कुमारीगाल), सर्वोत्थान वचत तथा ऋण सहकारी संस्था (चावहिल), शंकरज्योति वचत तथा ऋण सहकारी संस्था(मैजुबहाल), कुमारीगाल टोल सुधार समिति (कुमारीगाल) र व्यक्तितर्फ संस्थापक जेष्ठ सदस्य लिलानाथ ढकाल, मकरबहादुर गुरुङ(कुमारीगाल), गोपाल थापा (गौरीघाट) र नरेन्द्र गुरुङ (मैजुबहाल) हुनुहुन्छ । 

समाजले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने मुख्य उद्देश्य लिई अघि बढिरहेको भएतापनि समाज रुपान्तरणका अन्य धार्मिक, सांस्कृतिक, स्वास्थ्य र चेतनामूलक कार्यक्रमहरू समेत आयोजना गर्दै आइरहेको संस्थाकी अध्यक्ष निर्मला पुडासैनीले

बताउनुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 41 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 33 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 47 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 58 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 55 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ