पर्सा प्रहरी द्वारा भारी मात्रामा लागु औषध चरेश सहित ट्रक, नगद र मानिस पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा र प्रहरी चौकी, सिर्सिया बाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ करिब ०७:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. २१, परवानीपुर चौक बाट भारी मात्रामा लागु औषध चरेश सहित ट्रक, मानिस र नगद नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सा ले आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार बुधबार दिउँसो काठमाण्डौ बाट वीरगञ्ज तर्फ आउदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागु औषध चरेश लोड गरी ल्याएको छ, भनी यस कार्यालय मातहत प्रहरी चौकी सिर्सिया, पर्साका कार्यालय प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई विशेष सूचना प्राप्त भएको थियो ।

प्राप्त सूचनालाई पर्सा का प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रमा जाहेर पश्चात जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सिया बाट खटिएको संयुक्त प्रहरी टोलीले सो नम्बरको ट्रकलाई खोजतलास गर्ने क्रममा साँझ करिब ०७:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१, परवानीपुर चोक स्थित सडक खण्डमा रोकी राखेको अवस्थामा फेला पारी ट्रक चालक मकवानपुर जिल्लाको थाह नगरपालिका वडा नं. १२ बस्ने वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रण पश्चात् ट्रक तथा चालकको कानूनी रित पुर्‍याइ खानतलासी गर्दा उक्त ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध चरेश १३ पोकामा ३ सय १९ के. जी. फेला परेको र चालक बुद्धी बहादुर स्याङ्तानले लगाएको हाफ पाइन्टको दाहिने खल्तीमा नेपाली रू.१ लाख ९२ हजार समेत फेला परेकोले उल्लेखित नम्बरको मालबाहक ट्रक र बरामद लागु औषध चरेश सहित निज बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी उपरीक्षक गौतम मिश्र ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    दीपेन्द्र प्रजापति/कालो झोला । सप्तरी, ०६ जेठ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित मधेश प्रदेशको सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको बुधबार बिरगंज स्थित…

    पहिलो

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    • May 21, 2026
    • 22 views
    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 37 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 44 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 36 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 53 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 84 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-