पार्टीको संगठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय छ : उपसभापति खड्का

सुनसरी । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको संगठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताएका छन् ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले नेपाली काँग्रेसलाई स्थापनाकालदेखि यसको सांगठनिक सृदृढीकरणमा मुस्लिम समुदायले सघाएको बताए ।

कार्यक्रम पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको दोहोर्‍याउँदै समाजका सबै पक्षका समस्या सम्बोधन गर्न संविधान संशोधनको विषयलाई आफ्नो पार्टीले अघि बढाएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमलअख्तर आजादलगायत उपस्थित थिए ।

यसैबीच, संघको कोशी प्रदेश सभापतिमा इस्राइल मन्सुरी सर्वसम्मत चयन भएको छ भने उपसभापतिमा मोहम्मद महताब आलम, सचिवमा मोहम्मद बसिर मियाँ चुनिएका छन् ।

  • Related Posts

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् । त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट…

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    महोत्तरी, ९ माघः निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ ।…

    पहिलो

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    • January 22, 2025
    • 2 views

    चीनमा शहरी रोजगारीमा वृद्धि

    • January 22, 2025
    • 11 views
    चीनमा शहरी रोजगारीमा  वृद्धि

    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    • January 22, 2025
    • 11 views
    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    • January 22, 2025
    • 9 views
    चिसोले  श्वासप्रश्वासका बिरामी बढे

    दुई सय १३ जना पक्राउ

    • January 22, 2025
    • 9 views
    दुई सय १३ जना पक्राउ

    खुर्सानीको बेर्ना

    • January 22, 2025
    • 9 views
    खुर्सानीको बेर्ना