पृथ्वी जयन्तीमा विश्व हिन्दू महासंघद्वारा प्रवचन गोष्ठी- मुद्रा र हुलाक टिकटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको चित्र राखिनु पर्छ : विश्व हिन्दू महासंघ

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाड़ौँ, २६ पुस । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा एक प्रवचन गोष्ठी आयोजना गर्यो ।

महासंघका नवनिर्वाचित अध्यक्ष अस्मिता भण्डारीको सभापतित्वमा प्रमुख अतिथि पूर्व प्रधान सेनापति प्यारजङ्ग थापा र प्रमुख वक्ता त्रि वि इतिहास संस्कृति विभागाध्यक्ष प्रा. डा. विणा पौडेल रहनुभएको थियो।

बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको नेपाल एकीकरणको दूरदर्शिता, आजका चुनौती र हाम्रो भुमिका विषयक गोष्ठी कार्यक्रमका अन्य वक्ताहरूमा किराँत धर्मगुरु डा चन्द्रकुमार शेर्मा, बौद्ध धर्म गुरु शिव औतारी लामा, श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्यामकृष्ण शर्मा, नेपाल जैन परिषदका अध्यक्ष बिमल चन्द्र राखेचा, पर्यटन व्यवसायी राजेन्द्र सापकोटा, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई हरहनु भयो ।

महासंघका सचिव भोला दाहालले संचालन गर्नुभएको कार्यक्रममा उपस्थित प्रमुख अतिथी लगायतलाई अध्यक्ष अस्मिता भण्डारीले मन्तव्यद्वारा स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु हुदै बडा महाराजाधिराज पृथ्वीनारायण शाहको नेपाल एकिकरण को योगदानलाई कुनै पनि नेपालीले भुल्न नहुने बताउनु भयो । उहाँले भन्नू भयो “जसले पृथ्वीनारायण शाहलाई मान्दैन त्यो नेपाली हुन सक्दैन । पुष २७ गते पृथ्वी जयन्तीलाई प्रत्येक नेपालीले हर्षोल्लासका साथ देश ब्यापी रुपमा मनाउनु पर्छ । र उहाँको तस्बिर अंकित हुलाक टिकट र नोट मुद्रण गरिनु पर्दछ ।”

वैदिक बटुकहरुको स्वस्तिवाचन सहित दीप प्रज्वलन गरि शुभारम्भ भएको कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथिसहित मञ्चस्थ सबैले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो ।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका उप सभापति अरुणकुमार पाण्डेले धन्यवाद मन्तव्य राख्नु भयो ।

कार्यक्रमका सभापति महासंघका अध्यक्ष अस्मिता भण्डारीले मन्तव्यमा राष्ट्र निर्मातालाई राजसंस्था र राजनीतिसंग जोडेर हेर्न नहुने भन्दै राष्ट्र निर्माताको सम्मान नगर्ने व्यक्ति वास्तविक नेपाली नागरिक हुन नसक्ने बताउनुभयो ।

प्रमुख अतिथी पूर्व प्रधान सेनापति प्यारजंग थापाले दिव्य उपदेशको चर्चा गर्नुहुंदै आजको राजनीति अर्थनीति विदेश नीतिमा समेत दिव्योपदेश मार्गदर्शक हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष राधेश्याम थापा, कोषाध्यक्ष गणेश रिमाल, केन्द्रीय सदस्य प्रदिपलाल श्रेष्ठ , दक्षिण यशियाली ज्योतिष महासंघका सभापति आचार्य लक्ष्मण पन्थी, नेपाल ज्योतिष परिषदका वरिष्ठ उपाध्यक्ष पं लेखनाथ न्यौपाने , विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका महासचिव उत्तमराज भण्डारी, कामधेनु गौशाला नवलपुरका संचालक गौदास बाबा लगायतको उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    दीपेन्द्र प्रजापति / कालो झोला । वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको…

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    पहिलो

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 25 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-