पृथ्वी जयन्तीमा विश्व हिन्दू महासंघद्वारा प्रवचन गोष्ठी- मुद्रा र हुलाक टिकटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको चित्र राखिनु पर्छ : विश्व हिन्दू महासंघ

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाड़ौँ, २६ पुस । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा एक प्रवचन गोष्ठी आयोजना गर्यो ।

महासंघका नवनिर्वाचित अध्यक्ष अस्मिता भण्डारीको सभापतित्वमा प्रमुख अतिथि पूर्व प्रधान सेनापति प्यारजङ्ग थापा र प्रमुख वक्ता त्रि वि इतिहास संस्कृति विभागाध्यक्ष प्रा. डा. विणा पौडेल रहनुभएको थियो।

बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको नेपाल एकीकरणको दूरदर्शिता, आजका चुनौती र हाम्रो भुमिका विषयक गोष्ठी कार्यक्रमका अन्य वक्ताहरूमा किराँत धर्मगुरु डा चन्द्रकुमार शेर्मा, बौद्ध धर्म गुरु शिव औतारी लामा, श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्यामकृष्ण शर्मा, नेपाल जैन परिषदका अध्यक्ष बिमल चन्द्र राखेचा, पर्यटन व्यवसायी राजेन्द्र सापकोटा, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई हरहनु भयो ।

महासंघका सचिव भोला दाहालले संचालन गर्नुभएको कार्यक्रममा उपस्थित प्रमुख अतिथी लगायतलाई अध्यक्ष अस्मिता भण्डारीले मन्तव्यद्वारा स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु हुदै बडा महाराजाधिराज पृथ्वीनारायण शाहको नेपाल एकिकरण को योगदानलाई कुनै पनि नेपालीले भुल्न नहुने बताउनु भयो । उहाँले भन्नू भयो “जसले पृथ्वीनारायण शाहलाई मान्दैन त्यो नेपाली हुन सक्दैन । पुष २७ गते पृथ्वी जयन्तीलाई प्रत्येक नेपालीले हर्षोल्लासका साथ देश ब्यापी रुपमा मनाउनु पर्छ । र उहाँको तस्बिर अंकित हुलाक टिकट र नोट मुद्रण गरिनु पर्दछ ।”

वैदिक बटुकहरुको स्वस्तिवाचन सहित दीप प्रज्वलन गरि शुभारम्भ भएको कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथिसहित मञ्चस्थ सबैले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो ।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका उप सभापति अरुणकुमार पाण्डेले धन्यवाद मन्तव्य राख्नु भयो ।

कार्यक्रमका सभापति महासंघका अध्यक्ष अस्मिता भण्डारीले मन्तव्यमा राष्ट्र निर्मातालाई राजसंस्था र राजनीतिसंग जोडेर हेर्न नहुने भन्दै राष्ट्र निर्माताको सम्मान नगर्ने व्यक्ति वास्तविक नेपाली नागरिक हुन नसक्ने बताउनुभयो ।

प्रमुख अतिथी पूर्व प्रधान सेनापति प्यारजंग थापाले दिव्य उपदेशको चर्चा गर्नुहुंदै आजको राजनीति अर्थनीति विदेश नीतिमा समेत दिव्योपदेश मार्गदर्शक हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष राधेश्याम थापा, कोषाध्यक्ष गणेश रिमाल, केन्द्रीय सदस्य प्रदिपलाल श्रेष्ठ , दक्षिण यशियाली ज्योतिष महासंघका सभापति आचार्य लक्ष्मण पन्थी, नेपाल ज्योतिष परिषदका वरिष्ठ उपाध्यक्ष पं लेखनाथ न्यौपाने , विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका महासचिव उत्तमराज भण्डारी, कामधेनु गौशाला नवलपुरका संचालक गौदास बाबा लगायतको उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, १२ असार । नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा चिकित्सा शिक्षा विभाग, इन्स्टिच्युट अफ मेडिसिन (IOM), काठमाडौंको सहकार्यमा सञ्चालन भएको ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ…

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १२ असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. श्रीसिया ले बिहीबार वीरगंज महानगरपालिका वडा नं. ०१, छपकैया सीमा ईलाकाबाट भारत बाट अवैध रुपमा…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 91 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 87 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 71 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 104 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 64 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 91 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-