बञ्चरेडाँडाको आयु बढाउँदै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ । सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण विभागले जनाएको छ ।

स्रोतमा उत्पादन भएको फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्था गर्नेगरी तयारी थालिएको विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । उनका अनुसार बाँकी फोहर व्यवस्थापनका लागि बोलपत्र आह्वानको काम भइसकेको छ ।

यस अघि कामपाको ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यको फोहर निजी संघसंस्थाले व्यवस्थापन गर्दै आएको थियो । अब सबै वडाको फोहर व्यवस्थापनको काम कामपाले गर्ने प्रमुख राईले बताइन् । उनले भनिन् “संकलन, ढुवानी र विसर्जन सबै काम कामपाले गर्ने गरी तयारी थालेका छौँ ।”

कामपाले पुनः प्रयोग गर्न सकिने फोहर सोही अनुसार व्यवस्था गर्ने, कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने तयारीसहित अत्यन्तै थोरै फोहर मात्रै बञ्चरेडाँडा लैजाने योजना बनाएको हो । अहिले काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहर व्यवस्थापनको काम भइरहेको विभागले जनाएको छ ।

साबिकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहर व्यवस्थापन स्थलका रुपमा बञ्चरेडाँडालाई प्रयोग गरिँदै आइएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहरको वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

सबै फोहर लैजाने हो भने यसको अवधि १५ वर्षमा सकिने अनुमान गरिएकाले कामपाले स्रोतमा फोहर वर्गीकरण गरेर घटाउने काम अघि बढाएको विभागका प्रमुख राईले उल्लेख गरिन् । “अहिले पुनः प्रयोग गर्न सकिने सामान, कुहेर मल हुने कच्चापदार्थ, उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर पनि बञ्चरेडाँडामा पुग्ने गरेको छ । यसलाई रोक्न सके मात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिन्छ”, उनले भनिन् ।

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, फोहरबाट ग्यास उत्पादन गर्नेलगायत काम गर्ने कामपाको तयारी छ । उपत्यकाका १८ स्थानीय तहको फोहर दैनिक रुपमा उक्त स्थानमा लग्ने गरिएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन काम हुँदै आएको हो ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 57 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 53 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 66 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 117 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-