बञ्चरेडाँडाको आयु बढाउँदै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ । सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण विभागले जनाएको छ ।

स्रोतमा उत्पादन भएको फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्था गर्नेगरी तयारी थालिएको विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । उनका अनुसार बाँकी फोहर व्यवस्थापनका लागि बोलपत्र आह्वानको काम भइसकेको छ ।

यस अघि कामपाको ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यको फोहर निजी संघसंस्थाले व्यवस्थापन गर्दै आएको थियो । अब सबै वडाको फोहर व्यवस्थापनको काम कामपाले गर्ने प्रमुख राईले बताइन् । उनले भनिन् “संकलन, ढुवानी र विसर्जन सबै काम कामपाले गर्ने गरी तयारी थालेका छौँ ।”

कामपाले पुनः प्रयोग गर्न सकिने फोहर सोही अनुसार व्यवस्था गर्ने, कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने तयारीसहित अत्यन्तै थोरै फोहर मात्रै बञ्चरेडाँडा लैजाने योजना बनाएको हो । अहिले काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार छ सय मेट्रिक टन फोहर व्यवस्थापनको काम भइरहेको विभागले जनाएको छ ।

साबिकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहर व्यवस्थापन स्थलका रुपमा बञ्चरेडाँडालाई प्रयोग गरिँदै आइएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहरको वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

सबै फोहर लैजाने हो भने यसको अवधि १५ वर्षमा सकिने अनुमान गरिएकाले कामपाले स्रोतमा फोहर वर्गीकरण गरेर घटाउने काम अघि बढाएको विभागका प्रमुख राईले उल्लेख गरिन् । “अहिले पुनः प्रयोग गर्न सकिने सामान, कुहेर मल हुने कच्चापदार्थ, उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर पनि बञ्चरेडाँडामा पुग्ने गरेको छ । यसलाई रोक्न सके मात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिन्छ”, उनले भनिन् ।

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, फोहरबाट ग्यास उत्पादन गर्नेलगायत काम गर्ने कामपाको तयारी छ । उपत्यकाका १८ स्थानीय तहको फोहर दैनिक रुपमा उक्त स्थानमा लग्ने गरिएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन काम हुँदै आएको हो ।

  • Related Posts

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    काठमाडौँ  । थापाथलीस्थित बागमती नदी किनाराका घर टहरा खाली गरेर भत्काएपछि काठमाडौँको गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु गरिएको छ । सो क्षेत्रमा यसअघि नै खाली गराउन माइकिङ गरिएको थियो…

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने पाल्पा…

    पहिलो

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 21 views
    • April 25, 2026
    • 21 views

    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    • April 25, 2026
    • 21 views
    थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो

    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    • April 25, 2026
    • 19 views
    इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनीरबीच भेटवार्ता

    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    • April 25, 2026
    • 26 views
    हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

    • April 25, 2026
    • 23 views
    मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !