भोलिदेखि रास्वपाको जिल्ला भेला

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबारबाट जिल्ला भेला सुरु गर्ने भएको छ । बुधबार बसेको सचिवालय बैठकले सुर्खेतबाट जिल्ला भेला सुरु गर्ने निर्णय गरेको हो।

सुर्खेतको भेलाका पार्टी केन्द्रबाट प्रमुख सचेतक सन्तोष परियारलाई तोकिएको छ। ‘भोलि सुर्खेतमा जिल्ला भेला हुँदैछ । त्यसपछि कहाँ कहिले गर्ने तालिका बनाउँदै छौँ,’ सह प्रवक्ता प्रतिभा रावलले भनिन्।

सचिवालयको बैठकमा मेची महाकाली यात्राका बारेमा पनि छलफल भएको रावलले जानकारी गराइएन । १ र २ असोजमा भएको राष्ट्रिय भेलाले पार्टी सभापति रवि लामिछानेले देशव्यापी यात्राको लागि राखेको प्रस्तावलाई पारित गरेको थियो । यात्राका लागि मिति भने तय भइसकेको छैन ।

‘जतिसक्दो छिटो यात्रा गर्ने तयारी गरेका छौँ । मिति भने तय भइसकेको छैन,’ रावलले भनिन् । जिल्ला भेलाले असोजभित्र तदर्थ समिति बनाउने निर्णय राष्ट्रिय भेलाले निर्णय लिएको थियो । तर, जिल्ला भेला सुरु हुन असोजमा सकेन।

एक महिनाभित्र सबै जिल्ला भेला सक्ने रास्वपाले तयारी गरेको छ । रास्वपाले २०८२ को अन्तिम साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने मिति तय गरेको छ । त्यस अनुसारको कार्यतालिका कार्यवाहक महामन्त्री बुर्लाकोटीले राष्ट्रिय भेलामा प्रस्तुत गरेका थिए ।

बुर्लाकोटीको प्रस्तावलाई राष्ट्रिय भेलाले पारित गरेको थियो। वडा तदर्थ समिति गठन यही वर्षको माघभित्र सक्ने रास्वपाको लक्ष्य छ । वडा अधिवेशन फागुनसम्म सक्ने रास्वपाको तयारी छ।

पालिका अधिवेशन कात्तिकबाट सुरु गरेर पाँच महिनाभित्र (फागुनसम्म) सक्ने , जिल्ला अधिवेशन चैतभित्र गर्ने, प्रदेश र केन्द्रको महाधिवेशन २०८२ वैशाखमा गर्ने गरी रास्वपाले निर्णय लिएको छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-