मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

मुग्लिन (चितवन) । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको उनले बताए। गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 119 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-