महानगरको सबै वडाका नागरिकमा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिने-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०४ असोज । वीरगंज महानगरपालिकाले ३२ वटै वडाका नागरिकको पहुँचमा सुरक्षित र स्वच्छ खानेपानी पुर्याउन गुरुयोजना तयार गरी लागु गर्ने तयारी गरेको छ ।

वीरगंज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाई कार्य योजना लागु गरी महानगरका सबै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पुर्याउन लागिएको हो ।

शुक्रबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको बैठकमा महानगर प्रमुख सिंहले स्वच्छ र सुरक्षित खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न गुरु योजना बनाएर कार्यान्वयन गर्न ढिलाई भइरहेको भन्दै छिटो योजनालाई कार्यान्वयनमा लैजान जरुरी रहेको बताउनु भयो । सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य प्राथमिकता भएको भन्दै उहाँले सुरक्षित खानेपानीको परीक्षणका लागि युनिसेफले ल्याब स्थापना गर्ने निर्णय भएको पनि बताउनुभयो ।

बैठकमा खानेपानी गुणस्तर अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याउने तथा महानगर, नेपाल खानेपानी संस्थान र युनिसेफको सयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्य योजना लागु गर्ने निर्णय भएको छ ।

यसै गरी महानगर प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा उप–प्रमुख इम्तियाज आलम, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक त्रीदिप कुमार श्रेष्ठ, इन्जिनियर निरण महर्जन, प्रविण कुमार साह, युनिसेफका प्रमुख इरफान एस, सुरेन्द्र बावु ढकाल, सिद्धि श्रेष्ठ, महानगरपालिकाका प्राविधिक सल्लाहकार इन्जिनियर प्रकाश अमात्य, राकेश साह लगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 102 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 127 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 75 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल