विधालय व्यवस्थापन समिति विगठन गर्ने महानगरको निर्णयलाई उच्च अदालतको सदर-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०४ असोज । वीरगंजको नेपाल रेल्वे माद्यमिक विद्यालयको व्यवस्थापन समिति खारेज गर्ने महानगरपालिकाको निर्णय उच्च अदालतले सदर गरेको छ ।

महानगरले नियम विपरित व्यवस्थापन समिति खारेज गरेको भन्दै समितिका अध्यक्ष विजय बाबु रौनियार, सदस्य राजनबाबु रौनियार समेतले अन्तरिम आदेश पाउँ भन्दै दायर गरेको रिट उच्च अदालत वीरगंजले खारेज गर्दै अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

शुक्रबार उच्च अदालतका न्यायाधीश द्वय दुर्गा बहादुर विश्वकर्मा र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले महानगरले नियम संगत नै व्यवस्थापन समिति खारेज गरेको ठहर गर्दै अन्तरिम आदेश दिइरहनु नपर्ने आदेश गरेको हो ।

वीरगंज महानगरपालिकाले विद्यालयको व्यवस्थापन समिति अध्यक्ष रौनियार सहितले विद्यालयको व्यवस्थापन सही ढंगले गर्न नसकेको, समितिको कार्य सन्तोष जनक नभएको भन्दै गएको असार ०२ गते समिति विगठन गरेको थियो ।

नगर शिक्षा समितिको बैशाख १७ गतेको निर्णय अनुसार समितिलाई सफाईको मौका दिँदा समेत चित्तबुझ्दो सफाई नदिए पछि असार ०२ गते कार्यालयको निर्णय समेत बाट समिति विगठन भएको थियो ।

समितिका अध्यक्ष विजयबाबु रौनियारले महानगरले गरेको निर्णयको विरुद्धमा भदौ २३ गते उच्च अदालत वीरगंजमा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश पाउँ भन्दै मुद्धा दायर गरेका थिए । निवेदक रौनियारको तर्फ बाट अधिवक्ता विनय कुमार मल्लिक, राकेश कुमार मल्लिक र विनोद कुमार मल्लिकले बहस गरेका थिए, भने महानगरको तर्फ बाट अधिवक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद साह र विरेन्द्र प्रसाद यादवले बहस गरेको महानगरका कानुन अधिकृत इश्वर बरालले जानकारी दिनुभयो ।

  • Related Posts

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १४ जेष्ठ । वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला…

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    डा. प्रदीप कुमार सक्सेना- यो लेख चथम हाउसबाट लिइएको हो, जसले आफूलाई एक स्वतन्त्र नीति संस्था र बहस र संवादको लागि एक विश्वसनीय मञ्च भएको दाबी गर्दछ र सरकार र…

    पहिलो

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 28 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 75 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 58 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 65 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 53 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 40 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा