महिलाहरूको अबको प्राथमिकता, राज्य संयन्त्रमा अर्थपूर्ण सहभागिता : कमला पराजुली

काठमाडौँ। राष्ट्रिय महिला अधिकार आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाहरूको अबको प्राथमिकता प्राप्त अधिकारको सदुपयोग र राज्यका सबै निकायमा अर्थपूर्ण सहभागिता रहेको बताएकी छन् ।

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि अन्तर्गत (सिड) कमिटीमा प्रस्तुत गर्ने रिर्पोटको तयारीका सम्बन्धमा बिहीबार राजधानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

अध्यक्ष पराजुली भन्छिन्, ‘नीतिगत रूपमा हेर्दा कानुन बनेको छ । विभिन्न संरचना बनेको छ । स्थानीय तहमा न्यायिक समिति छ । संघमा महिला मन्त्रालय नै छ । राजनीतिक रूपमा हेर्दा नेपाल दक्षिण एसियामै छलाङ मार्ने मुलुक हो ।’ तर सहभागितामा चित्त बुझाएर रहन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

नेपालको संविधानले महिलाको राज्यको सबै तहमा कम्तीमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको छ । महिलाको न्यायमा पहुँच पुर्‍याउन प्रहरीमा सेल स्थापना लगायतका व्यवस्था अभ्यासमा छन् । सम्पत्तिमा महिलाको पहुँच वृद्धि गर्न राजश्व छुट दिने लगायतका नीतिगत व्यवस्था पनि कार्यान्वयनमा छ । तर, यसको प्रयोग कस्तो अवस्थामा छ भनेर ख्याल गरिनुपर्नेमा अध्यक्ष पराजुलीको जोड छ ।

सिड कमिटीमा प्रस्तुत गर्ने गरी महिला कानुन र विकास मञ्चको अगुवाइमा रिर्पोट तयार हुँदैछ । नागरिक समाजको तर्फबाट तयार गरिँदै गरेको रिर्पोटमा नेपालमा महिलाले पाएको अधिकार र त्यसको उपयोगको विषय समावेश छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले नागरिक समाजको तर्फबाट तयार प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिने बताए। संवैधानिक र कानुनी रूपमा प्राप्त अधिकारको सही प्रयोग हुनुपर्नेमा सरकार जिम्मेवार रहेको उनको भनाइ छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-