मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

जलेश्वर (महोत्तरी) । प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादशैंको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ ।

बडादशैंको आगमनसँगै मिथिलाञ्चलको विभिन्न गाउँ शहरमा बनाइएका दुर्गा भवानीको मूर्ति सप्तमी तिथिमा पूजा अर्चना गर्दै अनावरण गरिएको जलेश्वर नगरपालिका-२ का दुर्गा मूर्ति पुजारी ललित झाले बताउनुभयो ।

यसवर्ष महोत्तरी सदरमुकाम जलेश्वरसहित बर्दिबास, गौशाला, औरही, मटिहानी, पिपरा, बलवा, मनरा, सम्सी, बथनाहा, र गाउँ गाउँमा दुर्गा भवानीको भव्य मूर्ति, आकर्षक मन्दिर र पंडालहरु बनाएर धुमधामका साथ पूजा अर्चना सुरु गरिएको छ । जिल्ला सदरमुकाम जलेश्वरमा दशैंलाई मध्यनजर गर्दै शंकर चोक, दुर्गा चोक, राजदेवी मन्दिर, संसारी मन्दिर, बौधीमाई मन्दिर, गढीमाई मन्दिरलाई विशेष किसिमले सजाइएको छ ।

जलेश्वरको दुर्गा चोकमा हुने दुर्गा पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले हरेक वर्षझैँ यस वर्ष पनि पूजालाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी दिनुभयो । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले आफ्नै नेतृत्वमा नगरभरि सरसफाई गरिएको बताए । तन, मन, धनले दुर्गा भवानीको पूजा आराधना गरेमा मनको इच्छा पुरा हुनुका साथै दुःख, कष्ट दूर हुने जनविश्वास छ ।

भारतीय सीमासँग जोडिएको मटिहानी नगरपालिकामा भारतीय संस्कृतिअनुसार दुर्गा पूजाको अन्तिम दिन (बडा दशैंको दिन) ५० फिट भन्दा अग्लो रावणको पुतला दहन गर्ने गरिन्छ । उक्त रावणको पुतला दहन हेर्न नेपाल र भारतीय सीमा क्षेत्रका गाउँबाट हजारौँ दर्शक आउने गर्दछन् ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-