मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति

वीरगञ्ज । पर्साको पकाहाँमैनपुर गाउँपालिका-४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो ।

चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबिबिएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८ दशमलव २५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा नाम निकालेका छन। त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८ दशमलव २५ अङ्क ल्याएर तीन सय ७३औँ स्थानमा नाम निकालेका थिए । आयोगले भदौ १४ गते सार्वजनिक गरेको नतिजामा सामान्य त्रुटि भएको भन्दै भदौ १६ गते नतिजा सच्याएसँगै असीमले प्राप्त गरेको स्थान तीन सय ६८औँ कायम भएको छ । यद्यपि आयोगले नसिम र असीमले पढ्ने मेडिकल कलेजको सूची भने सार्वजनिक गरिसकेको छैन ।

राकीका जुम्ल्याहा सन्तानले आरक्षणको कोटामा पनि फर्म भरेकाले पनि छात्रवृत्ति पाएर ‘एमबिबिएस जस्तो प्रतिष्ठित शिक्षा निःशुल्क अध्ययन गर्ने लगभग निश्चित जस्तै छ । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने राकी परिवारमा खुसी छर्ने काम भने उनकै सन्ततिले गरेका हुन् । “जेठी छोरी डाक्टर नबु र माइला छोरा समिरले पैसा तिरेरै एमबिबिएस अध्ययन गरिरहेका छन्”, उनले भने, “यसपाली त जुम्ल्याहा छोराले झनै छात्रवृत्तिमा नै नाम निकालेपछि त झनै हर्षित भएका छौँ ।”

फिरोज राकी र नसिमा प्रविण त्यस्ता भाग्यमानी बुबाआमा हुन् । यसको कोखबाट जन्मिएका चारै सन्तानले एमबिबिएस जस्तो प्रतिष्ठित शिक्षा पढ्ने अवसर पाउँदैछन् । “मेरा चारै सन्तान एमबिबिएस अध्ययन गर्ने अवसर पाएका छन्”, उनले भने, “मुस्लिम समुदायभित्र रहेर पनि छोराछोरीलाई असल संस्कारसहितको शिक्षादीक्षा दिएकै कारणले यो सम्भव भएको हो ।”

गत वर्ष पनि जुम्ल्याहा छोराले शुल्क तिरेर एमबिबिएस पढ्नेमा नाम निकालेका थिए । तर, शुल्क तिरेरै पढ्नु भएन । थप एक वर्षको मेहनतपछि दुवै छोराले छात्रवृत्तिमा नै पढ्ने अवसर जुरेको छ । एमबिबिएसको प्रवेश परीक्षामा हालसालै नाम निकालेका नसिम राकीले दोस्रो प्रयासमा मात्रै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताए। “अघिल्लो वर्ष पनि इन्ट्रान्स परीक्षा दिएका थियौँ ।”

“तयारी र समय अभावका कारणले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकेनौँ”, उनले भने, “बुबाआमाको प्रेरणा र आफ्नो नियमित र निरन्तर अध्ययनकै कारणले छात्रवृत्तिमा नाम निकाल्न सम्भव भएका हौँ । भर्खरै पहिलो खुड्किलो पार गरेका छौँ । अब राम्रोसँग अध्ययन गरेर दिन दुःखी र गरिबीको दुष्चक्रमा परेका उपचार नपाएकाहरूको सेवा गर्ने रहर छ ।”

आफ्नो जुम्ल्याहा भाइसँगै छात्रवृत्तिमा नाम निकाल्नुभएका दाइ असिम राकीको पनि खुसीले हर्षित भएको बत्ताउँछन् । “अघिल्लो वर्षमा भएका गल्ती र कमजोरलाई हटाउँदै नयाँ जोस र उमङ्गले अध्ययन गरेकाले पनि यो वर्ष एमबिबिएसको इन्ट्रान्स परीक्षा ट्र्याक गर्न सफल भएका हौँ”, उनले भने ।

नसिम र आसिम राकी दुवै १० कक्षा वीरगन्जकै सामुदायिक विद्यालय माई स्थान विद्यापीठबाट अध्ययन गरेका हुन्। उनीहरूले कक्षा ११ र १२ भने ललितपुरको प्रसादी एकेडेमीबाट अध्ययन गरेका थिए ।

बुबा फिरोज आफैँ पनि मेकानिकल इन्जिनियरका रूपमा २५ वर्षभन्दा धेरै समय बिताए । अहिले भने उनी वीरगन्जकै एक शिक्षण संस्थामा अध्यापन गराउँदै आइरहेका छन् । छोराछोरीलाई दुःख जिलो गरेर नै अध्ययन गराउँदै आइरहेको उनको भनाइ छ । “मैले २५ वर्षभन्दा धेरै समय नेपालकै प्रतिष्ठित उद्योगी पद्म ज्योतिको हिमाल स्टिलमा काम गर्ने मौका पाए । त्यहाँ मैले परिवार र समाजलाई असल संस्कार दिने कुरा भने धेरै सिक्ने मौका पाए ।”

उनले विगत स्मरण गर्दै भने, “अहिले पनि सामान्य खालकै घरमा बसोबास गर्दै आइरहेको छौँ । मलाई कहिल्यै पनि धन सम्पत्ति जोड्न भन्दा पनि सन्तानको पढाइलाई कसरी राम्रो गराउनेतर्फ मात्रै ध्यान दिँदै आइरहे । अहिले त्यसैको नतिजा पाएजस्तो अनुभव भइरहेको छ ।”

मदर्सा इस्लामिक प्रसोतिपुर, लालपर्साकी प्रधानाध्यापक समेत रहेकी आमा नसिमा प्रविणले पनि असल संस्कारकै कारणले आफ्ना चारै सन्तानले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको दाबी गरिन् । “हामीले कहिल्यै पनि चारै जना सन्तानलाई कहिल्यै पनि डाक्टर बन्नुपर्छ भनेर दबाब दिएनौँ”, उनले भनिन् ।, “जेठी छोरी नबुले एमबिबिएसमा नाम निकालेपछि अन्य भाइले पनि दिदीको सिको गर्दै अघि बढ्दा यो सफलता हात पारेका हुन् ।”

फिरोजका जेठी छोरी डाक्टर नबु प्रविण युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा एमबिबिएसको अध्ययन सकेर अहिले इन्टनशीप गरिरहेकी छिन् । नबुले पनि २०७५ सालमा पैसा तिरेरै एमबिबिएस अध्ययन गरेका हुन् । त्यति मात्रै होइन, फिरोजका माइला छोरा समीर राकी पनि २०८० सालको एमबिबिएसको प्रवेश परीक्षामा पैसा तिरेर पढ्नेमा नाम निकालेर अहिले धरानस्थित बिपी कोइराला इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसमा पहिलो वर्षमा एमबिबिएस अध्ययनरत छन् ।

आमा नसिमा प्रविणले आफ्नो श्रीमानको साथ र सहयोगकै कारणले आफूले पनि बीचैमा रोकिएको अध्ययनलाई अघि बढाउने अवसर पाएको सुनाउँछिन् । “मेरो विवाह हुँदा आठ कक्षा मात्रै पढेकी थिए”, उनले भनिन्, “श्रीमानको प्रेरणाकै कारणले रोकिएको पढाइलाई फेरि निरन्तरता दिने मौका पाए । अहिले मदर्सा विद्यालयको नेतृत्व पनि हाँकिरहेको छु ।”

अहिले पनि मुस्लिम समुदायका व्यक्तिहरूले आफ्ना छोराछोरीलाई शिक्षादीक्षा दिने विषयमा कन्जुस्याइँ गरिरहेको उनी गुनासो गर्छिन् । “मुस्लिम समुदायमा अझै पनि छोराछोरीलाई पढाई लेखाइ त्यति धेरै चासो नदिँदा धेरै पछाडि परिरहेको अनुभूति गरेका छौँ”, उनले भनिन्, “छोरा होस् या छोरी दुवैलाई असल शिक्षा दिन कोही पनि पछि हट्नु हुँदैन ।”

बुबा राकीले आफ्नो परिवारका सदस्यलाई असल संस्कार र पढ्ने वातावरण तयार पार्न सबै बुबाआमा लाग्नुपर्ने सुझाव दिन्छन् । “संस्कार माला जस्तै किनेर पाइँदैन”, उनले भने, “जुनसुकै अभिभावकले पनि आफ्नो छोराछोरीको चाहना र आकाङ्क्षाअनुसार नै अघि बढ्ने वातावरण मात्रै तयार गर्ने हो । आफ्नो भविष्यको ढोका त छोराछोरीले नै खोल्ने हो ।”

आफ्ना चार वटै सन्तानले वरिष्ठ चिकित्सक गोविन्द केसीको पदचाप पछ्याइदिएको खण्डमा खुसी हुने बताए । “मेरा चारै सन्तानले वरिष्ठ चिकित्सक केसीले जस्तै असहाय र गरिबी जनतालाई स्वास्थ्योपचार गरुन् भन्ने चाहाना रहेको छ”, उनले भने, “असल शिक्षा र वातावरण दिएकाले पक्कै पनि सो पदचाप अँगाल्छन् भन्ने आशा र विश्वास लिएको छु ।”

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-