हेटौंडा-३ जम्बोमा घरायसी विवादका क्रममा ४१ वर्षीया अनिता विकको कुटाइबाट उनका पति मित्रलाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षकले बताए।
पत्नीको कुटाइबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको बताइएको छ। घटनापछि अनिता विकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।