मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजको १२औँ साधारण सभा भव्यताका साथ सम्पन्न

विष्णुप्रसाद तिमल्सिना 

काठमाडौँ, माघ १९ गते । मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजले १२औँ साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । सहीदस्मृति सामुदायिक सेवा समाज मैजुबहालको सभाहलमा काठमाडौँ क्षेत्र नं. ४(क) वागमती प्रदेशसभा सदस्य माननीय श्रीराम लामिछानेको प्रमुख आतिथ्यता र समाजका अध्यक्ष निर्मला पुडासैनीको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा चावहिल मैजुबहाल क्षेत्रका विभिन्न संघसंस्थाको उल्लेख्य उपस्थिति रहेको थियो ।  

कार्यक्रममा काठमाडौँ वडा नं. ७ का वडा सदस्य उज्ज्वल अर्याल, समाजका सल्लाहकारहरू कमलप्रसाद काफ्ले, ध्रुबप्रसाद न्यौपाने, राजाराम भट्टराई, बद्रीनाथ भट्टराई, सुशीला सेढाई, प्रवेश लामिछाने, नारायणप्रसाद सिंखडा, सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम आर्याल, ज्ञानदीप स्कुलका प्रधानाध्यापक सीता भट्टराई, गौरीघाट विकास समाजका अध्यक्ष राजकुमार खड्गी, सामुदायिक योग समूहकी प्रमुख प्रशिक्षक सुनिता अर्याल, गोपाल–गौरी प्रतिष्ठानकी अध्यक्ष धनमाया पौडेल, जनजागरुक युवा क्लवका अध्यक्ष अमृतजङग थापा , सुसंगत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एव. समाजका सल्लाहकार टिका पराजुली, सर्वोत्थान ऋण तथा वचत सहकारी संस्थाकी अध्यक्ष विमला अधिकारी, सामुदायिक सेवा समाजका उपाध्यक्ष महेन्द्रं घोरासैनी, हिलारी स्कुलका सहायक प्रधानाध्यापक राहुल रावत, मैजुबहाल सामुदायिक सेवा समाजका अध्यक्ष हरिभक्त महर्जन, गौरीघाट प्रहरीवृत्तका प्रमुख निर्मल पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रका प्र.ना.नि. रामकुमार कार्की, ॐ आदि फाउण्डेशनका शेषराज दाहाल, जापानी सूचना केन्द्र नेपालका संस्थापक÷अध्यक्ष मदनकृष्ण सिलवाललगायतको आतिथ्यता रहेको थियो । 

समाजका उपाध्यक्ष ध्रुवप्रसाद भट्टराईले उपस्थिति सबैलाई कार्यक्रमको सफलताको कामना गर्दै मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रमका सञ्चालन समाजका उपाध्यक्ष मुकुन्द अधिकारीले गर्नुभएको थियो । 

१२औँ वार्षिकोत्सवको अवसरमा संस्थाको अध्यक्षले संस्थाको गतिविधि एवं भावी योजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तैगरी संस्थाका सहकोषाध्यक्ष रेणु गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै समाजले स्थापनाकालदेखि हालसम्म विशेष योगदान पु¥याउनुहुने संस्था तथा व्यक्तिहरूलाई सम्मानीत गरेको छ । सम्मानीत हुनेहरूमा संस्थातर्फ हिलारी स्कुल (गौरीघाट), सुसङ्गगत बहुउद्देश्यीय सहकारी संस्था(कुमारीगाल), सर्वोत्थान वचत तथा ऋण सहकारी संस्था (चावहिल), शंकरज्योति वचत तथा ऋण सहकारी संस्था(मैजुबहाल), कुमारीगाल टोल सुधार समिति (कुमारीगाल) र व्यक्तितर्फ संस्थापक जेष्ठ सदस्य लिलानाथ ढकाल, मकरबहादुर गुरुङ(कुमारीगाल), गोपाल थापा (गौरीघाट) र नरेन्द्र गुरुङ (मैजुबहाल) हुनुहुन्छ । 

समाजले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने मुख्य उद्देश्य लिई अघि बढिरहेको भएतापनि समाज रुपान्तरणका अन्य धार्मिक, सांस्कृतिक, स्वास्थ्य र चेतनामूलक कार्यक्रमहरू समेत आयोजना गर्दै आइरहेको संस्थाकी अध्यक्ष निर्मला पुडासैनीले

बताउनुभयो ।

  • Bishnu Timalsina

    Related Posts

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 82 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 137 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-