नागढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौ वार्षिक उत्सव सम्पन्न-हाम्रो देशको प्राथमिक आवश्यकता नै खाने पानी र सरसफाई हो-मंत्री यादव

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं १९ माघ । चन्द्रागिरी नगरपालिका वडा नं. ०२ मा रहेको नागढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, नागढुङ्गा, काठमाडौँको पाँचौँ वार्षिक साधारण सभा, योजना विवरण पदार्पण तथा सहयोगी सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

प्रमुख अतिथिको रूपमा सहभागी भएका खानेपानी मंत्री प्रदीप यादवले हाम्रो देशको प्राथमिक आवश्यकता नै खाने पानी र सरसफाई हो । यो केवल आधारभूत अधिकार मात्र नभई दिगो विकासको आधारभूत स्तम्भ पनि हो भन्ने धारणा प्रस्तुत गरेका छन् ।

यसै गरि हाम्रा नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी हो । स्थानीय स्तरमा समिति तथा जनताले देखाएको समर्पणले हाम्रो देशलाई खानेपानी व्यवस्थापन र सरसफाइको क्षेत्रमा आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्‍याएको छ ।

वि. स. २०७२ सालको को विनाशकारी भूकम्पले चन्द्रागिरि नगरपालिका–२ को खानेपानी आपूर्ति प्रणालीलाई गम्भीर रूपमा असर पुर्‍याएको थियो । पाइप लाइन र मुहानहरू क्षतिग्रस्त भएकाले स्थानीय जनताले धेरै कठिनाइ भोग्नुपरेको थियो । यस्तो परिस्थितिमा स्थानीय समितिहरूले देखाएको समर्पण अत्यन्त सराहनीय रहेको बताएका छन् ।

समितिले खानेपानी व्यवस्थापन, सरसफाइ सुधार र दिगो विकासका लागि देखाएको दृढता प्रशंसनीय छ । उहाँहरूको यो प्रयासमा सरकारको तर्फ बाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

साथै हाम्रो मन्त्रालय यस क्षेत्रमा थप लगानी, प्राविधिक सहायता र आवश्यक नीति सुधार मार्फत सघाउन सदैव तयार रहेको बचन बद्धता पनि प्रकट गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 41 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 33 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 47 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 193 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 58 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 55 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ