युक्रेनका सहयोगी राष्ट्रहरूको रक्षा बैठक

पश्चिमी सहयोगीहरू र युक्रेनी अधिकारीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित बिहीबार जर्मनीको एक अमेरिकी आधार शिविरमा भेला भएका छन् । यसलाई अमेरिकामा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको सपथ लिनुभन्दा पहिले हुने उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) गठबन्धन सदस्यहरूको अन्तिम बैठकका रूपमा हेरिएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले रामस्टीन एयर बेसमा हुने २५ औँ वार्तामा किएभका लागि पर्याप्त नयाँ सैन्य सहायता प्याकेजको घोषणा गर्ने अपेक्षा गरिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफू बैठकमा सहभागी हुने बुधबार अबेर मात्र बताउनुभएको छ । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियससँगै युक्रेनरक्षा सम्पर्क समूहको बैठकमा नेटोका महासचिव मार्क रुट र युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लास पनि सहभागी हुने अपेक्षा गरिएको छ । करिब तीन वर्ष लामो युद्धमा संलग्न रूसी र युक्रेनी सेनाले जनवरी २० मा ट्रम्पको सपथग्रहणअघि नै आ–आफ्नो स्थान सुरक्षित गर्न खोजिरहेका छन् । किएभका लागि अमेरिकी सैन्य सहायताको आलोचना गर्दै आएका ट्रम्पले सत्तामा आएपछि युद्धको शीघ्र अन्त्य गर्ने वाचा गर्नुभएको छ तर युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव गर्नुभएको छैन । राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिका युक्रेनको सबैभन्दा ठूलो युद्धकालीन समर्थक भएको छ । अमेरिकाले फेब्रुअरी २०२२ देखि ६५ अर्ब डलरभन्दा बढीको सैन्य सहायता प्रदान गरेको छ भने एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीका अनुसार सहायताको बारेमा ‘पर्याप्त घोषणा’ बिहीबारको बैठकमा आउने सम्भावना छ। जर्मनी युक्रेनको दोस्रो ठूलो समर्थक हो । जर्मनीसँगबाट युक्रेनले अहिलेसम्म करिब ३० अर्ब अमेरिकी डलर प्राप्त गरेको छ। अस्टिनले बुधबार एएफपीसँग कुरा गर्दै युक्रेनमा अमेरिकी नेतृत्व ‘आवश्यक’ रहेको र किएभका लागि निरन्तर सैन्य सहयोग जारी हुनु महत्वपूर्ण रहेको बताउनुभयो । —

  • Bishnu Timalsina

    Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 118 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-