रवि छुटेपनि तत्काल पक्राउ पर्ने

थुनछेक बहस सकियो, रवि छुटेपनि तत्काल पक्राउ पर्ने

सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायतका प्रतिवादीहरुको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा सुनुवाइ भइरहेको सो मुद्दामा सरकारी वकिलको तर्फबाट जवाफी बहस सकिएसँगै थुनछेकको प्रक्रिया पूरा भएको हो ।

आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेका थिए । सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका लामिछानेसहित कृष्णबहादुर गुरुङ, लिला पछाईं, छविलाल जोशी, रामबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङ पनि थुनामै छन् । उनीहरु सबैको थुनछेक बहस सकिएपछि न्यायाधीशले प्रतिवादीलाई आफन कुरा राख्न समय दिएका छन् ।

गत पुस १६ गतेदेखि सुरु भएको थुनछेक बहस आज सकिएको हो । अदालत स्रोतका अनुसार उनीहरुको आदेश आजै आउनसक्ने सम्भावना छ । थुनछेक बहसस सकिएसँगै अब आदेश धरौटीमा रिहा वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश आउने छ ।

प्रतिवादीहरु लामिछाने, जोशी र फरार रहेका जिबी राईविरुद्ध भने संगठित अपराध र सम्पत्तिशुद्धीकरणमा पनि मुद्दा चलाइएको छ । कास्की जिल्ला अदालतले धरौटीमा छाडेको खण्डमा पनि लामिछाने र जोशी छुट्ने छैनन् । उनीहरुको नाममा रुपन्देही, चितवन र काठमाडौंमा पनि सहकारी ठगीको मुद्दा चलिरहेको छ ।

‘पक्राउ परी हिरासतमा रहेका निम्न प्रतिवादीहरू उपर निम्न प्रहरी कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धान पश्चात सम्बन्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत सम्मानित अदालतमा अभियोगपत्र दर्ता हुने चरणमा रहेको हुँदा निज प्रतिवादीहरू प्रस्तुत कसूरमा छुटी जाने भएमा सम्मानित अदालतहरुमा उपस्थित गराउने प्रयोजनार्थ निज प्रतिवादीहरुलाई प्रहरी कर्मचारी हस्ते जिम्मा लगाई पठाई दिने व्यवस्था हुन अनुरोध छ,’– अभियोग पत्रमा रवि, छवि र रामबहादुर गुरुङको नाम उल्लेख गरी जिल्ला सरकारी वकिलको कार्यालयले भनेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    • May 13, 2025
    • 14 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-