राजदेवीमा १५ हजार ४ बोकाको बलि

काठमाडौँ। जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि चढाइएको छ ।

यसवर्ष सप्तमी तिथिमै बलि चढाइएको हो । बिहीबार साँझ ८ः ३८ बजेदेखि बिहान ४ः०५ बजेसम्म बलि दिइएको थियो । साढे सात घण्टामा १५ हजार ४ बोकाको बलि दिइएको महावीर युवा कमिटीका महासचिव चन्दन नागबंसीले बताए ।

उनका अनुसार रसिदबाट १४ हजार ६५२ बलि चढेको छ । आयोजक कमिटीले ९ र सरकारी निकायबाट ९३ वटा बलि चढाइयो । यसबाहेक २५० वटा बोकाको बलि निःशुल्क चढेको छ ।

मन्दिरमा बलि चढाउन प्रति बोकाको तीन सय रुपैयाँ आयोजकले उठाएको छ । बलि चढाएबापत ४३ लाख ९५ हजार ६ सय रूपैया संकलन भएको छ ।

गत वर्ष १५ हजार २५१ बोकाको बलि दिइएको थियो । निष्ठापूर्वक राजदेवी माताको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।

  • Related Posts

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 30 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 30 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन