रोहित शर्मासँग पूर्व मुख्य छनोटकर्ताले किन मागे माफी ?

काठमाडौँ । सन् १९८३ पछि भारतले सन् २०११ मा दोस्रो पटक एकदिवसीय विश्वकप उपाधि जित्दा टोलीमा रोहित शर्मा समावेश नगरेकोमा भारतीय क्रिकेट बोर्डका पूर्व मुख्य छनोटकर्ता कृष्णामाचारी श्रीकान्तले माफी मागेका छन्

श्रीकान्तले अयाज मेमनको क्रिकेटसम्बन्धि पोडकाष्टमा कुरा गर्दै त्यति बेला टोली छनोट गर्दा बलिङ गर्न सक्ने ब्याट्सम्यानलाई प्राथमिकता दिइएले रोहित छुटेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार सन् १९८३ को शैलीअनुसार सबै खेलाडीले बहुआयामिक भूमिका खेल्न सक्ने रणनीति अपनाइएको थियो ।

श्रीकान्तले रोहितलाई टोलीमा नराखिएकोमा आफूलाई अहिले पनि दुःख लाग्ने भन्दै पछिल्लो समय व्यक्तिगत रूपमा माफी समेत मागेको खुलाएका छन् । उनले पछिल्लो बर्ष रोहितसँग माफी मागेको खुलाएका हुन् । साथै त्यो निर्णय जानाजानी नभई रणनीतिक सोचका कारण भएको पनि उनले स्पष्ट गरेका छन् ।

त्यतिबेला महेंद्र सिंह धोनीको कप्तानीमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा श्रीलंकालाई हराएर २८ वर्षपछि उपाधि जितेको थियो । प्रतियोगितामा युवराज सिंहले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गर्दै ‘प्रतियोगिताकै उत्कृष्ट खेलाडी’ बनेका थिए । टोलीमा वीरेन्द्र सहवाग, सचिन तेन्दुलकर, सुरेश रैना र युसुफ पठानजस्ता आंशिक बलिङ गर्न सक्ने खेलाडी रहेकाले विशेषज्ञ ब्याट्सम्यानका रूपमा रोहितलाई स्थान दिन नसकिएको उनले बताएका छन् ।

यद्यपि श्रीकान्तले रोहित त्यतिबेला टोलीमा पर्ने योग्य खेलाडी रहेको स्वीकार गरेका छन् । रोहितले पनि २०११ को विश्वकप नखेल्नुपरेकोमा पटक-पटक दुःख व्यक्त गर्दै आएका छन् । उनले पछि सन् २००७ र २०२४ को टी–२० विश्वकप तथा च्याम्पियन्स ट्रफीका संस्करणहरू जिते पनि रोहितले अहिलेसम्म एकदिवसीय विश्वकप भने जितेका छैनन् । रोहितको कप्तानीमा भारत २०२३ को विश्वकपमा फाइनलमा पुगेपनि अस्ट्रेलियासँग पराजित हुन पुगेको थियो । 

  • Related Posts

    नेपाल ए ले आज अमेरिकाको सामना गर्दै

    काठमाडौँ । नेपालको राष्ट्रिय ए क्रिकेट टिमले आज अमेरिकाको सामना गर्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदान हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ । नेपाल ए ले यसअघि विहिबार…

    फेलिक्सको ह्याट्रिकमा अल नासरको महत्वपूर्ण जित

    काठमाडौँ । अल नासरले जारी साउदी प्रो लिगमा अल शबाबविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । अल…

    पहिलो

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    • May 8, 2026
    • 32 views

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    • May 8, 2026
    • 30 views
    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    • May 8, 2026
    • 28 views
    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    • May 8, 2026
    • 29 views
    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    सुनचाँदीको मुल्य बढ्यो

    • May 8, 2026
    • 16 views
    सुनचाँदीको मुल्य बढ्यो

    मन्त्रिपरिषद्को बैठक आज बस्दै

    • May 8, 2026
    • 27 views