‘ललितकला, प्रज्ञाप्रतिष्ठानमा एकरूपता हुनुपर्ने’: मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमातहतका प्रतिष्ठानहरूको काममा एकरूपता हुनुपर्नेमा जोड दिएका छन् । 

पर्यटन मन्त्रालयमा आज नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले कतिपय प्रतिष्ठान नाम मात्रैका रहेका, कहीँ कानुनको अभाव र कहीँ भवनको अभाव भएकाले प्रतिष्ठानहरूमा एकरूपता कायम गर्ने गरी व्यवस्थित गर्न अपरिहार्य भएको बताए । 

पर्यटनमन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरूबीच तालमेल नभएको बताउँदै प्रतिष्ठानको कार्यमा एकरूपता कायम गर्न केन्द्रका प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालीले गत आवमा सात वटै प्रदेशमा ललितकला प्रदर्शनी गरिएका र प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारले विधागत रूपमा भाग लिएका बताए । उनले गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेला आयोजना गरिएको तथा दाङलाई ‘सेरामिक्स हब’का रूपमा विकास गर्ने सोचका साथ काम भइरहेको जानकारी दिए । प्रष्ठिानमा स्थायी कर्मचारी र बजेट अभावलगायत विषयमा उनले पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 33 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-