विपद् सामनाका लागि विश्व बैंकले २० अर्ब सहयोग दिने

काठमाडौँ । विपद् सामनाका लागि विश्व बैंकबाट २० अर्ब रुपैयाँ ऋण सहयोग लिने सम्बन्धमा नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपालको तर्फबाट अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंकको तर्फबाट नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले हस्ताक्षर गरेका हुन् ।

प्राकृतिक तथा जलवायुजन्य जोखिम सामनाका लागि रकम उपलब्ध गराउने कोषअन्तर्गत विश्व बैंकले नेपाललाई करिब २० अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर) ऋण सहयोग दिने सम्बन्धमा सम्झौता भएको हो । यो सहयोगले नेपाललाई संकटको समयका लागि तयारीमा रहन, समाधान खोज्न र संकट आएमा तत्कालै उद्धार लगायतमा जुट्न सहयोग पुग्ने छ ।

प्राकृतिक प्रभाव, अन्तर्राष्ट्रिय समुदायको गतिविधिको कारणले जनवायु परिवर्तनबाट निम्तिएको जोखिम, शिक्षा, स्वास्थ्य क्षेत्रमा आउने आपत्कालीन अवस्थामा विश्व बैंकले सहुलियत प्रकारको उक्त ऋण दिने गर्छ । सोही क्रममा विश्व बैंकले नेपाललाई पनि उक्त ऋण दिन लागेको हो ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-