शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न (लोगो) डिजाइनकर्तालाई रु. १५ हजार पुरस्कार दिइने भएको छ ।

प्रतीक चिह्न प्रतिस्पर्धात्मक विधिबाट डिजाइन गर्नका लागि प्रस्ताव माग गरिएको छ । नगरपालिकाको चिनारी झल्कने संकेत चिह्नसँगै नगरपालिकाको नक्सा र नेपालको राष्ट्रिय झण्डाको प्रयोग हुनुपर्ने प्रावधान राखिएको छ ।

“प्रतीक चिह्न अधिकतम तीन सेन्टिमिटर व्यासको हुनुपर्नेछ”, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “नगरपालिको मूल पहिचान झल्कने संस्कृति, रहनसहन, पर्यटकीय स्थान, प्राकृतिक सम्पदा समावेश गरी प्रतीक चिह्न तयार गर्नुपर्नेछ ।”

उनका अनुसार प्रतीक चिह्न कलात्मक र मापन योग्य हुनुपर्ने छ । छनोट भएको प्रतीक चिह्नको सम्पूर्ण अधिकार नगरपालिकाको हुनेछ । डिजाइनकर्ताले अन्य ठाउँमा सो प्रतीक चिह्न प्रयोग गर्न पाउनेछैन । प्रतीक चिह्नको प्रस्तावका साथ रंगीन र श्याश्वेत एकप्रति कागजमा गरिएको प्रिन्ट पाना, पेन ड्राइभ वा नगरपालिकाको इमेल ठेगानामा डिजाइन पेस गर्नुपर्नेछ ।

यसैगरी, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मौलिक सिर्जना हो कसैको नक्कल गरेको हो÷होइन भन्ने स्व घोषण, डिजाइनकर्ताले प्रयोग गरेको चिह्न, रंग र अक्षर प्रयोग गर्नाका कारण खुलाइएको व्याख्यात्मक विवरण पेस गर्नुपर्नेछ । प्रतीक चिह्नका लागि आजदेखि १५ दिनभित्र प्रस्ताव पेस गर्नका लागि नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-