समाजलाई साहित्यले विशिष्ट रूपमा देखाउँछ: मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले साहित्यमार्फत समाजलाई विशिष्ट रूपमा देखाउन सकिने बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले समाजको वास्तविकतालाई देखाउने भएकैले साहित्यकार अभौतिक सम्पदाका रूपमा स्थापित भएको बताए।

“साहित्यले अप्ठ्याराकाबीच आशाका सञ्चार गर्छ, समाजमा पुनः जागरण र जागृतिको आवश्यकता रहेकाले यसमा साहित्यकारले योगदान गर्न सक्छन्, बिपी कोइरालाले आत्मवृत्तान्तमा धेरै व्यावहारिक मान्छे भावुक जति पवित्र हुँदैन भन्नुभएको छ, साहित्यकारले भावुकतासँगै पवित्रताको प्रतिनिधित्व गर्छन्”, मन्त्री पाण्डेले भने।

प्रतिष्ठानको कविता महोत्सवले समावेशी नेपालको प्रतिनिधित्व गर्ने गरेकाले यसलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो । भाषा, संस्कृति, वेशभूषाका दृष्टिले नेपाल विविधतापूर्ण रहेकाले ती सबैको प्रतिनिधित्व गर्दै प्रतिष्ठानले काम गर्नुपर्ने संरक्षकसमेत रहेका मन्त्री पाण्डेको भनाइ थियो । साहित्यकार निष्ठा र सदाचारको बाटोमा लागेर समाजलाई पनि त्यतै अघि बढाउनुपर्ने उनको विचार थियो ।

प्रतिष्ठानका कुलपति भूपाल राईले लोकतान्त्रिक शासन व्यवस्थामा समावेशी र सहभागिताको आवश्यकता पर्ने भएकाले त्यसै आधारमा काम गर्ने गरिएको बताए। भाषा, साहित्य र संस्कृतिको संरक्षणमा प्रतिष्ठानले काम गरिरहेको उनले सो अवसरमा जानकारी गराए।

कार्यक्रममा कविता महोत्सव, २०८१ उत्कृष्ट स्थान हासिल गर्ने अग्र आवाज, अनिता न्यौपाने, अन्जान प्रदीप, छविलाल कोपिला, दिलीप बुढामगर, रुमानी कुलुङ, रुपक ‘जमरा’ घलान, रेजिना खालिङ, शर्मिला दुलाल, सुमन सहयात्री योङहाङलाई पुरस्कार प्रदान गरिएको थियो । कविता महोत्सवमा उत्कृष्ट हुनेलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र प्राज्ञ परिषद् सदस्य एवं कविता महोत्सव, २०८१ का संयोजक बाबा बस्नेतले भाषा, साहित्य एवं संस्कृति क्षेत्रको उन्नयनमा प्रतिष्ठानले गरेका कामका बारेमा जानकारी गराएका थिए ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 105 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 105 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 83 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 108 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 97 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-