
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १६ जेष्ठ । सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि.ड्राईपोर्ट बाट खटिएको टोलिले बिहीबार बीरगंज महानगरपालिका वडा नं. २५ स्थित चण्डाल चोक बाट भारत बाट अवैध रुपमा भन्सार छलि प्रदेश २-०३ ००१ स ४२६४ नम्बरको ई-रिक्सामा लोड गरि ल्याउँदै गरेको मुल्य रु.२ लाख ७० हजार बराबरको मोटर पार्टस र मुल्य रु.२ लाख बराबरको ई-रिक्सा गरि जम्मा रु. ४ लाख ७० हजारको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय मा बुझाएको छ ।
साथै सोही दिन विशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका वडा नं. १६ नगवा गाउँ स्थित डम्पिङ्ग साईटबाट सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म बीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ४ वटा साईकलहरुमा लोड गरि वीरगंज तर्फ ल्याउँदै गरेको मूल्य रु. ८ लाख ३६ हजार ९ सय ५० बराबरको मोबाईल पार्ट्स्, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुज साथै उक्त सामानहरु ढुवानी गर्न प्रयोग गरिएका ४ वटा साईकल नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।
यसै गरि भकुवा तथा नगवा ईलाका बाट पनि रु.७३ हजार ८ सय बराबरको कपडा र किराना सामान समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।