सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन  स्वास्थ्य संस्थामा शिशु स्वागत घर

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना भएको छ । स्वास्थ्य संस्थादेखि टाढा रहेका भौगोलिक रूपमा विकट र दुर्गम बस्तीका विपन्न तथा गरिब समुदायका गर्भवतीलाई लक्षित गरेर गाउँपालिकाले शिशु स्वागत घर स्थापना गरेको हो । सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन शिशु स्वागत घर सञ्चालन गरिएको धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले जानकारी दिए ।

“सुत्केरी हुने मिति नजिकिएपछि गर्भवती र आफन्त बास बस्नका लागि सबै स्वास्थ्य संस्थामा एक÷एक वटा कोठामा शिशु स्वागत घर बनाएका छौँ”, उनले भने, “शय्या, बिस्तारा, भाँडाकुँडा र सरसफाइका सामग्री, ग्यासको व्यवस्था गाउँपालिकाले गरेको छ ।” सात वटा वडाका स्वास्थ्य चौकीमा शिशु स्वागत घर स्थापना गर्न गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु. पाँच लाख बजेटबाट सामग्री खरिद गरिएको थियो ।

धवलागिरिको एउटै वडाको एउटा बस्तीदेखि अर्को बस्तीमा पुग्न पूरै दिन हिँड्नुपर्ने अवस्था छ । भौगोलिक विकटताका कारण घर छाडेर स्वास्थ्य संस्था तथा बजारका अस्पताल जान नसक्ने गर्भवती घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने बाध्यता छ । गत आर्थिक वर्ष २०८०/८१ मा धवलागिरिमा ९१ जना सुत्केरी भएका थिए । जसमध्ये तीन जना जोखिम मोलेर घरमै सुत्केरी भएका हुन् । जोखिम मोलेर घरमै सुत्केरी हुने अवस्था अन्त्य गरी मातृशिशु मृत्युदरमा कमी ल्याउने र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिशु स्वागत घरको अवधारणा अघि सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको निगरानीमा रहने गर्भवतीलाई जटिलता भएमा समयमै अस्पताल पुर्‍याउनका लागि समन्वय गर्न पनि सहज हुने उनले बताए । धवलागिरिका सात वटै स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ ।

सुरक्षित प्रसूति सेवामा पहुँच बढाउनका लागि सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम पनि सञ्चालन भएको छ । सो कार्यक्रममार्फत स्वास्थ्य संस्थामा तोकिएको मितिमा गर्भ परीक्षण गराउने र सुरक्षित प्रसूति सेवा लिनेलाई कुखुरा, अण्डा, पोसिला खानेकुरा उपहार दिने गरिएको उपाध्यक्ष रेशम पुनमगरले बताए ।

  • Related Posts

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियो । प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको…

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-