हमास प्रमुख सिनवार मारिएको पुष्टि गर्न डिएनए परीक्षण गर्दै इजरायल

जेरुसेलम । इजरायलले गाजा अभियानमा हमास प्रमुख याह्या सिनवार मारिएका हुन् वा होइनन् भन्नेबारे जाँच गरिरहेको बताएको छ । सन् २०२३ अक्टोबर ७ देखि हमास समूहसँग इजरायली सेना लडिरहेको छ । यदि सिनवार मारिएको भए हमास समूहलाई यो ठूलो झट्का हुनेछ ।

इजरायली इतिहासमा सबैभन्दा घातक आक्रमणको मुख्य योजनाकार सिनवार भएको इजरायलले आरोप लगाएको छ । इजरायलले गाजा युद्धको सुरुआतदेखि नै सिनवारलाई खोजिरहेको छ ।

बीबीसीका अनुसार इजरायलको आक्रमणमा मारिएका व्यक्तिहरू मध्ये एक याह्या सिनवार रहेको पुष्टि गर्न इजरायलले शवको डिएनए परीक्षण गरिरहेको छ ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रा शत्रुहरू कतै लुक्न सक्दैनन्। हामी तिनीहरूलाई फेला पार्नेछौँ र मार्नेछौँ।’

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले सिनवार ‘सम्भवतः मरेको’ बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

इजरायलसँग सिनवार जेलमा रहँदाको विवरण अनुसार डिएनए र अन्य बायोमेट्रिक डाटा तुलना गरेर परीक्षण गर्नेछ ।

इरान समर्थित प्यालेस्टिनी लडाकू समूह हमासका पूर्व राजनीतिक प्रमुख इस्माइल हानियाको हत्यापछि सिनवार समूहको नयाँ नेता बनेका छन् ।

हमास र इरानले हानियाको हत्याका लागि तेहरानमा भएको आक्रमणमा इजरायललाई दोष दिएका छन् तर इजरायलले यसबारेमा कुनै टिप्पणी गरेको छैन ।

सिनवारबारे इजरायलको घोषणा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको लेबनानमा भएको ठूलो आक्रमणमा हत्या गरेको केही सातापछि आएको हो । लेबनानमा इजरायलले सेप्टेम्बरको अन्त्यदेखि युद्धलाई तीव्र पारेको छ ।

हालैका महिनाहरूमा इरान समर्थित अन्य कमान्डरहरूको पनि हत्या गरिएको छ । इजरायलले यसै वर्षको सुरुमा उसले हमासका सैन्य प्रमुख मोहम्मद देइफलाई आक्रमणमा मारेको बताएको थियो । यद्यपि हमासले यसको पुष्टि गरेको छैन । देइफमाथि सिनवारसँग मिलेर अक्टोबर ७ को आक्रमणमा योजना बनाएको आरोप लगाइएको थियो ।

गाजा युद्ध सुरु भएको एक वर्षभन्दा बढी समयमा हमास अत्यन्तै कमजोर भएको छ र सिनवारको मृत्यु पुष्टि भयो भने हमासलाई ठूलो धक्का लाग्नेछ ।

सेनाले एउटा संक्षिप्त वक्तव्यमा ‘गाजा पट्टीमा सञ्चालनका क्रममा तीन लडाकू मारिएको’ बताएको छ । इजरायली रक्षा एजेन्सीहरूले ‘एक जना याह्या सिनवार हुनसक्ने सम्भावनाबारे जाँच गरिरहेको’ भन्दै ‘यस चरणमा लडाकूहरूको पहिचान पुष्टि गर्न नसकिने’ बताएको छ ।

सिनवार हुन् कि होइनन् भन्नेबारे पुष्टि गर्न एक लडाकुको शरीरको डिएनए परीक्षण गरिरहेको एक इजरायली सुरक्षा अधिकारीले बताए ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 94 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 89 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 72 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 104 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 64 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 92 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-