हराएका दुई पर्यटकमध्ये एक जना आए सम्पर्कमा

रसुवा । हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन् ।

दुई साता अगाडि ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत गोसाइँकुण्ड गाउँपालिका-३ को उच्च भाग (समुन्द्र सतहदेखि सात हजार दुई सय ३४ मिटर उचाइ) यालापिकमा हराइरहेका चीज रिपप्लिक देशका ५० वर्षीय मारेक होलेसेक्का शुक्रबार साँझ लाङ्टाको क्याङ्जेनस्थित हायर गेष्ट हाउसको सम्पर्कमा आएको स्थानीय पर्यटन व्यवसायीले जनाएका छन् । सम्पर्कमा आएको पुष्टि रसुवा जिल्लाका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए ।

उनीसँग गएका अर्का श्लोभाकियाका ३४ वर्षीय ओनरेज हुसर्के भने सम्पर्कविहीन नै रहेका छन् । शुक्रबार र शनिबार दुई दिनसम्म हवाई खोज उद्धार अन्तर्गत हिमाली उच्च भागको ३० मिटर भन्दा बढी गहिरो खोचको डिल्लामा सिल्पिङ व्याम देखिएको ओनरेज त्यहीबाट खोचभित्र खसेको सहकर्मी पर्यटकबाट जानकारी पाएको अल्टिच्युट एयरका युवा वरिष्ठ क्याप्टेन (पाइलट) विवेक खड्काले बताए ।

“पाइलट खड्काले भने, “क्याङ्जेन माथिको आकाशमा शुक्रबार दिनभर हेलिकप्टरबाट हवाई खोज उद्धारको प्रयास गरे पनि मौसम प्रतिकूलकै कारण राजधानी फिर्ता आउन परेको थियो । शनिबार बिहानको प्रयासबाट सिल्पिङ व्याम देखिएको हो ।”

यस्तै गोसाइँकुण्डको यात्राका क्रममा खुट्टामा चोटलागेरबीच बाटोमै अलपत्र परेका जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलाई हवाई उद्धार गरिएको छ । उनलाई अल्टिच्युट एयरको हेलिकप्टरले लौरी विनायक बाट उद्धार गरेको हो । निज पर्यटकको सोह्रखुट्टेस्थित एक निजी अस्पतालमा उपचार भइरहेको उक्त एयरले जनाएको छ ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 59 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 37 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 31 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    • March 11, 2025
    • 60 views
    जिल्ला प्रहरी कार्यालय, मकवानपुर को मुद्दा शाखा मा प्रहरी हवल्दार जयसवार को एकलौटी शासन, पैसा न दिए सम्म कुनै फाइल नछुने श्रोतको दावी-

    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    • March 9, 2025
    • 22 views
    पर्सा मा चरेस सहित तीन जना मानिस पक्राउ-

    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-

    • March 9, 2025
    • 41 views
    मुस्लिम कैदीबन्दीहरुलाई इफ्तारी गर्न मेयर सिंह द्वारा खाद्यान्न सामग्री सहयोग-