हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजना हुदै

काठमाडौँ । नेपाल हस्तकला महासंघले ‘नेपाल हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ । महासंघले आगामी जेठ ८ देखि १० गतेसम्म बालुवाटारस्थित अम्रपाली बैंक्वेट एण्ड इभेन्टमा मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

महासंघका अनुसार तीन दिनसम्म चल्ने मेलामा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म विभिन्न जिल्लामा उत्पादन भएका हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ । मेलामा करिब ७० वटा स्टल रहनेछन् ।

मेलाको मुख्य उद्देश्य स्थानीय हस्तकला उद्यमीलाई बजारसँग जोड्ने, रोजगारी तथा आयआर्जन बढाउने, परम्परागत सीप, कला, संस्कृति र स्थानीय परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने रहेको महासंघले जनाएको छ ।

मेलामा हस्तकला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, कलाकार तथा कालिगढको सीप प्रदर्शन र स्थानीय परिकारको स्वाद प्रस्तुत गरिनेछ । काठमाडौं उपत्यकासहित संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा र बागलुङलगायत जिल्लाका संघसंस्थाको सहभागिता रहने जनाइएको छ ।

महासंघले हस्तकला क्षेत्रले ठूलो संख्यामा स्वरोजगार सिर्जना गरिरहेको उल्लेख गर्दै कृषि क्षेत्रपछि देशभर विस्तार गर्न सकिने सम्भावनायुक्त उद्योगका रूपमा हस्तकलालाई अघि बढाउनुपर्ने जनाएको छ । मेलामा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 68 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 108 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 94 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 104 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 119 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 103 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-