हुन्डाई ‘आयोनिक ५ एन’ ले बनायो नयाँ रेकर्ड

काठमाडौं । हुन्डाई मोटर कम्पनीको विद्युतीय गाडी (ईभी) ‘आयोनिक ५ एन’ ले ईभी क्षमतामा मापदण्डको नयाँ रेकर्ड कायम गरेको छ ।

जापानको सुकुबा सर्किटमा १५ फेब्रुअरीमा आयोजित मोटरस्पोर्ट इभेन्ट ‘एट्याक सुकुबा २०२५’ मा हुन्डाईको आयोनिक ५ एन मोडेलले सबैभन्दा कम समयमा ‘ल्याप’ पूरा गरेर नयाँ रेकर्ड कायम गरेको हो ।

नयाँ रेकर्ड कायम गरेको हुन्डाईको आयोनिक ५ एन कार जापानका प्रसिद्ध व्यावसायिक चालक नोबुतेरु तानिगुचीले हाँकेका थिए ।

हुन्डाईका अनुसार आयोनिक ५ एनले ५७.४४६ सेकेन्डमा एक ल्याप पूरा गरेको थियो । सुकुबा सर्किटमा यति कम समयमा एक ल्याप पूरा गरिएको यो नयाँ रेकर्ड हो । र, यो आयोनिक ५ एन ईभीले बनाएको रेकर्ड हो । प्रतिस्पर्धी ईभी आयोनिक ५ एनभन्दा २ सेकेन्ड पछाडि थियो ।

एट्याक सुकुबामा आयोनिक ५ एन हाँक्ने अवसर पाउँदा म आफूलाई सम्मानित भएको महसुस गर्छु,’ चालक तानिगुचीले भने, ‘जसले मेरै पछिल्लो रेकर्ड तोड्न एकदमै सहयोग गरेको छ ।’

आयोनिक ५ एनले यसअघि ‘२०२४ पाइक्स पिक इन्टरनेसनल हिल क्लाइम्ब’ मा एसयूभी वर्गमा नयाँ रेकर्ड कायम गरेको थियो ।

‘हुन्डाईको एन म्यानेजमेन्ट प्रमुख जुन पार्कको भनाइ अनुसार जापानमा आयोनिक ५ एनले राखेको रेकर्डले के स्पष्ट पारेको छ भने हुन्डाईले ईभी प्रविधिमा उत्कृष्ट क्षमता प्रदर्शन गरेको छ,

हुन्डाईका अनुसार आयोनिक ५ एनमा एक्टिभ साउन्ड प्लस मोडिफाइड स्पिकर, नयाँ सक एब्सर्बर, मोटरस्पोर्ट–ग्रेड ब्रेक, १८ इन्चको योकोहामा एडभान ००५ स्लिक टायर, एरोडाइनामिक प्याकेज, रिकारो प्रो रेसर एसपीए हान्स सिट, ईभी फायर सप्रेसन सिस्टम लगायत फिचर छन् ।

  • Bishnu Timalsina

    Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    • March 25, 2025
    • 45 views
    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    • March 24, 2025
    • 46 views
    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    • March 23, 2025
    • 37 views
    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    • March 21, 2025
    • 42 views
    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 59 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 32 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-