हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने

काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने काम नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने भएको छ ।

मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनः उत्पादन गर्न अझै डेढ महिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ ।

बिग्रिएका उपकरण मर्मत तालिकाअनुसार दसैँअघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो । हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगलाई नियमित सञ्चालन गर्नेसम्बन्धमा प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आर्थिक अवस्थाका बारेमा जानकारी गराएको बताए ।

उनले उद्योगमा आइपरेको आर्थिक संकट उत्पादन रोकिएको भन्दै वैकल्पिक आर्थिक स्रोत जुटाएर कच्चापदार्थ, कोइला आपूर्ति गरी सञ्चालन गरिने बताए ।

महाप्रबन्धक पाण्डेले उद्योगमा रहेका प्राविधिक जनशक्तिबाट विभिन्न उपकरणको ममर्तसम्भार गर्ने र आवश्यकताअनुसार नयाँ उपकरण जडान गरी सिमेन्टको उत्पादन गर्ने दृढता व्यक्त गरे । उनले हाल उद्योगमा करिब आठ सय उत्पादित बोरा सिमेन्ट जगेडा रहेको भन्दै सो सिमेन्टलाई काठमाडौँसहित विभिन्न जिल्लाका डिलरमार्फत खपतको प्रयास भइरहेको जानकारी दिए ।

अहिले उद्योगमा करिब नौ सय मेट्रिकटन कोइला भण्डारणमा जगेडा राखिएको जनाउँदै महाप्रबन्धक पाण्डेले बाँकी अपुग पाँच हजार मेट्रिकटन कोइला खरिद गर्न उद्योग व्यवस्थापनले बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको बताए ।

करिब चार दशक पुरानो उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन नसकिएपछि उद्योग बन्द हुने अवस्थामा आएकाले संघीय सरकारसँग आर्थिक अनुदान उपलब्ध गराउनुपर्ने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले आग्रह गरे ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन श्री ५ को सरकारले हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । उद्योगलाई तत्कालीन सरकारले रु एक अर्ब ५० करोड रकम उपलब्ध गराइएको थियो । उद्योगले विसं २०४३ मंसीर २६ गतेदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन गरी विभिन्न सहरमा आपूर्ति गर्दै आएको छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 81 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 137 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-