होर्मुजमा इरानले अमेरिकी जहाजलाई रोक्यो

होर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी युद्धपोतसँग सम्बन्धित घटनाले फेरि तनाव बढाएको छ । रिपोर्टअनुसार ईरानी नौसेनाले एक अमेरिकी जहाजलाई होर्मुज जलडमरूमध्य पार गर्नबाट रोकेको दाबी गरिएको छ ।

फार्स समाचार संस्थाका अनुसार अमेरिकी युद्धपोत संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाहबाट होर्मुज तर्फ अघि बढिरहेको थियो । सो गतिविधि देखेपछि ईरानी सेनाले निगरानी बढाएको र यसबारे पाकिस्तानमा रहेको मध्यस्थ टोलीलाई जानकारी गराएको जनाइएको छ । त्यसपछि पाकिस्तानी मध्यस्थमार्फत तत्काल अमेरिकी पक्षलाई सन्देश पठाइएको बताइएको छ ।

ईरानले पठाएको सन्देशमा यदि जहाज होर्मुज नजिक पुगेमा कारबाही गरिने चेतावनी दिइएको उल्लेख छ । चेतावनीमा जहाज अघि बढे ३० मिनेटभित्र निशाना बनाउन सकिने भनिएको थियो ।

यसैबीच, कडा सैन्य प्रतिक्रिया र कूटनीतिक चेतावनीपछि अमेरिकी युद्धपोतलाई अघि बढ्नबाट रोकिएको दाबी गरिएको छ ।

यसअघि एक अमेरिकी मिडिया रिपोर्टमा ईरानी नौसेनाको चेतावनीका बाबजुद दुई अमेरिकी युद्धपोतले होर्मुज जलमार्ग पार गरेको दाबी गरिएको थियो । युद्ध सुरु भएपछि यो पहिलो घटना भएको पनि उक्त रिपोर्टमा उल्लेख थियो ।

त्यसैगरी ईरानले आफ्नो तेल प्रशोधन र ऊर्जा पूर्वाधारमा भएको क्षतिलाई एकदेखि दुई महिनाभित्र ठूलो हदसम्म पुनः सञ्चालनमा ल्याउने दाबी गरेको छ ।

रिपोर्टअनुसार ईरानका उप तेलमन्त्रीले क्षतिग्रस्त संरचनाको मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। लावान रिफाइनरीको केही भाग करिब १० दिनभित्र पुनः सञ्चालनमा ल्याउन सकिने योजना रहेको पनि जनाइएको छ ।

उनका अनुसार अन्य संरचनाहरू क्रमशः सञ्चालनमा ल्याइनेछ र लक्ष्य छिटोभन्दा छिटो अधिकांश तेल प्रशोधन केन्द्रलाई पुरानो अवस्थाको करिब ७० देखि ८० प्रतिशत क्षमतामा फर्काउने रहेको छ।

  • Related Posts

    जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    2026-5-15 7:35 pm / 2083-02-01 7:35 pm काठमाडौँ । जापानको मियागी क्षेत्रमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । रिक्टर स्केलमा ६.७ मापन गरिएको भूकम्पपछि उत्तरी जापानका पाँच प्रान्तमा आपतकालीन सतर्कता…

    चीन भ्रमण सकेर स्वदेश फर्किए ट्रम्प

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर शुक्रबार अमेरिका फर्किएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीच देखिएका विभिन्न मतभेद समाधान गर्ने उद्देश्यसहित भएको वार्तापछि उनी बेइजिङबाट अमेरिका प्रस्थान…

    पहिलो

    दिनभरका प्रमुख २० समाचार

    • May 15, 2026
    • 3 views
    दिनभरका प्रमुख २० समाचार

    जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    • May 15, 2026
    • 21 views

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत प्राप्त

    • May 15, 2026
    • 27 views
    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत  प्राप्त

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    • May 15, 2026
    • 27 views
     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    • May 15, 2026
    • 30 views
    महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

    अलग भइन् मौनी रोय

    • May 15, 2026
    • 28 views
    अलग भइन्  मौनी रोय