२१ बालबालिका मुटुरोगी

इलाम, २० पुसः इलाममा आज गरिएको स्वास्थ्य परीक्षणमा २१ बालबालिका मुटुरोगी भेटिएका छन् । नेपाल हर्ट फाउण्डेसन इलाम शाखाको आयोजना र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य जाँच शिविरमा यहाँका तीन हजार आठ सय ८६ बालबालिकाको परीक्षण गरिएको थियो । तीमध्ये २१ जनामा मुुटुको समस्या देखिएको र आठ जनाको तुरुन्त शल्यक्रिया गर्नुपर्ने भएको फाउन्डेस सचिव रीता अधिकारीले जानकारी दिनुभयो । “इलाम बजारको आदर्श माध्यामिक विद्यालय र इलाम नगरपालिका–५, बरबोटेको अमर माध्यामिक विद्यालयमा परीक्षण गरियो ।” सचिव अधिकारीले भन्नुभयो, ‘आदर्शमा सात विद्यालयका दुई हजार ४२ र अमर माविमा १६ विद्यालयका एक हजार ४४ जना गरी तीन हजार आठ सय ८६ जनाको परीक्षण भयो ।’ उहाँका अनुसार बालबालिकामा बाथ मुटुरोग दुई जना र जन्मजात मुटुमा समस्या भएका १८ जना पाइएका हुन् । शिविरमा गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका मुटु विशेषज्ञ चिकित्सकले बालबालिकाको मुटु परीक्षण गरेका थिए । मुटुमा समस्या देखिएका बालबालिकाको शल्यक्रिया र सम्पूर्ण उपचार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क हुने उहाँले बताउनुभएको छ । पढिरहेका बालबालिकामा मुटुको समस्या देखिनुले उनिहरुको स्वास्थ्य संवेदनशीलतामा प्रश्न उठेको छ । बालबालिकाले चाँडै उपचार पाउनसके अध्ययनमा समस्या नहुने अभिभावकले चिन्ता व्यक्त गरेका छन् । ‘“बालबालिकामै यो समस्या देखिनुले हामीलाई चिन्तित बनाएको छ ।’” अभिभावक राधिका भट्टराईले भन्नुभयो, ‘अब तत्काल उपचार गराएर समाधान गर्न सरकारले पनि सहयोग गर्नुपर्छ ।’”

  • Bishnu Timalsina

    Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको आज शिलान्यास गरेका छन् । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 51 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 62 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-