अग्रजहरुको अनुभव नयाँ पिँढीलाई आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ, १७ असार : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको बताउनुभएको छ ।

पूर्वसांसद मञ्च नेपालको २४औँं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकाले नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको धारणा राख्नुभयो । संसद्को प्रभावकारिता बढाउन अग्रजहरुको अनुभव नयाँ पिँढीलाई प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“लामो संसदीय अनुभव र क्षमतावान् व्यक्तित्व रहेको पूर्वसांसद मञ्चले दिने सुझाव संसद्, सरकार र राष्ट्रका लागि महत्वपूर्ण हुने कुरामा दुई मत छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “मञ्चले सङ्घीय संसद्लाई सल्लाह सुझाव र आवश्यक परामर्श दिँदै आएको छ, यसले संसद्को प्रभावकारितामा महत्वपूर्ण सहयोग पुगेको महसुस गरेको छु ।” संविधान निर्माणको बेलामा मञ्चले खेलेको भूमिकाबारे चर्चा गर्दै उहाँले आगामी दिनमा मुलुकमा राजनीतिक जटिलता आएमा सकारात्मक परिणामका लागि अनुभवी तथा पुराना सांसदहरुको सक्रियता र सुझाव आवश्यक हुने बताउनुभयो ।

नेपाली जनताको त्याग, तपस्या र बलिदानका कारण मुलुकले नयाँ संविधान पाएको चर्चा गर्दै अध्यक्ष दाहालले अहिलेको संविधानलाई केन्द्रमा राखेर सबै एकजुट भई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । दलीय आग्रहबाट माथि उठेर राष्ट्रसामु देखा परेका समस्या समाधानमा साझा धारणा बनाउने पूर्वसांसद मञ्चको कार्यशैलीबारे प्रशंसा गर्दै उहाँले समयानुकूल संस्थाको विश्वसनीयतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

नेपालको छ दशक लामो संसदीय इतिहासमा राजनीतिक फेरबदल र उतारचढाव धेरै भएको उल्लेख गर्दै राष्ट्रियसभा अध्यक्ष दाहालले संसदीय इतिहासमा पूर्वसांसद मञ्च संसद्को परामर्शदातृ संस्थाका रुपमा रहेको बताउनुभयो । अहिले पनि सङ्घीय संसद्का दुवै सदनले नियमावलीमा परामर्श सेवा दिने संस्थाका रुपमा मञ्चलाई लिएको उहाँको भनाइ छ । कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटसहित राष्ट्रियसभा र प्रतिनिधिसभाका पूर्वसदस्यहरुको सहभागिता थियो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 43 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल